मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति २:३६
१२ मंसिर २०८३ शनिबारराति २:३६ Saturday, November २८, २०२६

गुजरा नपाको छैठांै नगरसभा विहिवार सम्पन्न

शेयर००
Listen to this article
2 min listen · 204 words0:00 / 2:00
0:00
2:00

आरके श्रीवास्तव । रौतहट । असार १० गते
रौतहट जिल्लाको गुजरा नगरपालिकाको छैठौं नगरसभा विहिवार सम्पन्न भएको छ । सिमराभवानीपुर स्थित नगरापलिकाको प्रांगनमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा अधिवेशन ०७८÷०७९ सभ्य एवं भव्याताका साथ सम्पन्न भएको छ । राष्ट्रिय गानबाट सुरु भएको नगरसभामा ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख सन्तलाल चौधरी र उपमेयर रौशन शेष खातुनले पानसमा बति बालेर नगरसभाको उदघाटन गर्नु भएको थियोे ।
नगर प्रमुख चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ५५ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गुजरा नगरपालिकाले आफना पाँचौं नगरसभाबाट ५५ करोड ९६ लाख ४३ हजार ३ सय ९३ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुको साथै यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, खानेपानी तथा सरसफाई, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय बिनोद प्रसाद जयसवालले, नगर कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु , कर्मचारीहरु, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनितिक कर्मी,सुरक्षाकर्मी, पत्रकारहरु लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।