मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ८:१०
११ मंसिर २०८३ शुक्रबारराति ८:१० Friday, November २७, २०२६

गौरमा यातायात व्यवस्था को थप सेवा सहित कार्यालय उद्घाटन

शेयर००
Listen to this article
1 min listen · 121 words0:00 / 1:00
0:00
1:00

रौतहट ९ भदौ ।

गौरमा यातायात व्यवस्था सेवा कार्यालयले थप सुबिधा सहित सेवा कार्यालय संचालन गर्न लागेको छ ।
प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालय मातहतमा रहेको सो कार्यलय गौरमा करीव एक दशक देखि स्थापना भएपनि सेवा प्रभावकारी थिएन ।
बुधवार प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवद्वारा सदरमुकाम गौरमा रहेको यातायात कार्यालयबाट थप सेवा सुचारु गर्नका लागि कार्यालयको उद्घाटन गरिएको छ।
कार्यक्रममा जनप्रतिनिधिहरु, समाजका अगुवाहरु ,संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
एक बर्ष अघि चन्द्रपुरमा पनि यातायात व्यवस्थाको सेवा कार्यालय स्थापना गर्नका लागि दरबन्दी सहित कर्मचारी पठाइएको थियो । कार्यालयको लागि घर भाडामा लिन लागेको चर्चा समेत थियो तर पछिल्लो समय सो चर्चा सेलाएको छ ।
केही महिना अघि सासद, दलका केही नेता, सामाजिक अगुवाहरुले यातायात कार्यालय चन्द्रपुरमा स्थापना हुन लागेको बताएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।