मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारबेलुका ७:५५
११ मंसिर २०८३ शुक्रबारबेलुका ७:५५ Friday, November २७, २०२६

गौर अस्पतालमा पत्रकारद्धारा १४ थान पिपिइ हस्तान्तरण ।।

शेयर००
Listen to this article
1 min listen · 135 words0:00 / 1:00
0:00
1:00

उपेन्द्र गोले रौतहट ११ जेठ ।
नेपाल पत्रकार महासंघ रौतहटले गौर अस्पताललाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमितहरुको उपचार गराउदै आएको गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना महामारीबाट जोगिन प्रयोग गर्नु पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो । रौतहटकमा पछिल्लो समयमा कोरोना संक्रमणको मुख्या क्षेत्र बन्दै गएको रौतहटमा उपचाररत खटिनु भएको स्वास्थ्यकर्मीहरुलाई कोरोना जोखिमबाट जोगाउन १४ थान पिपिइ गौर अस्पतालका प्रमुख डाक्टर कुष्ण साहलाई हस्तान्तरण गर्नु भएको हो । रौतहटको गौरमा हाल ९१ जना संक्रिय संक्रमितहरु रहेका छन जसमध्ये गौर अस्पतालमा १८ जनाको उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर कृष्ण साहले बताउनु भयो । कार्यक्रममा डाक्टर साह, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, कोभिड अस्पताल प्रमुख घनश्याम ठाकुर, नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष प्रवीण कुमार शर्मा , पुर्व सचिब गौतम श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।