मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारबिहान ५:०७
१३ मंसिर २०८३ आइतबारबिहान ५:०७ Sunday, November २९, २०२६

नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता

शेयर००
Listen to this article
1 min listen · 134 words0:00 / 1:00
0:00
1:00

दिपेन्द्र जयसवाल,बारा जेठ ३
काठमाडौं देखि तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्ग सहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो । संघीय संसद्को सार्वजनिक लेखा समितिले सुरुङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता पीक्यूमै अनियमितता, प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै यस प्रक्रियालाई नै रद्द गरेर पुनः खरीद प्रक्रिया अघि बढाउन दिएको निर्देशनकै बीच नेपाली सेनाले ठेक्का सम्झौता गरेको हो । यद्यपि विभागीय मन्त्रालय रक्षामार्फत लेखा समितिलाई एक साताअघि पत्र लेख्दै नेपाली सेनाले पीक्यू रद्द गर्न दिइएको निर्देशनमा पुनर्विचार गरिदिन आग्रह गरेको थियो । तर कुनै पनि निकायबाट परिपत्र नआएपछि साविककै कार्यतालिका अनुसार ठेक्का सम्झौता गरिएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code