सिरहा, भदौ ८ । सिरहाका पत्रकारहरुलाई समाजिक सञ्जाल मार्फत गालीगलौज गर्ने प्रिनसिपललाई कानुनी कारबाही अगाडि बढाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दर्ता भएको छ ।
सिरहा जिल्लाको सदमुकाम सिरहा नगरपालीका वडा नं ७ मा रहेको मर्निङ पल सेकेण्डरी बोर्डिङ्ग स्कूलका प्रिन्सिपल लोचन चौरवार यादवले जिल्लाका पत्रकारहरुलाई समाजिक सञ्जाल मार्फत गालीगलौज गरेकाे हाे ।
कोरोना संक्रमण बढिरहेको अवस्थामा सामुदायीक तथा निजि विद्यालय सरकारले बंद गराएको अवस्थामा सिरहाका विद्यालय बन्दको सम्पूर्ण कारक तत्व सिरहाका पत्रकारहरु भएको आरोप लगाउँदै प्रिनीसीपल यादवले पत्रकार हरुलाई ठीक पार्न र नाक भाँच्न द्वारिक लाल चौधरी जस्ता मेयरको खाँचो भएको स्टेट्स लेखेका हुन् ।
राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई वास्तविकता नबुझी गाली गर्ने प्रिन्सिपल यादब माथी कडा कानूनी कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाको सचिव शिव दयाल यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय सिराहा लगायत सम्पूर्ण सरोकारवाला निकायलाई सामाजिक सञ्जालमा पत्रकारहरुलाई गाली गलौज गर्ने प्रिन्सिपल लाई अविलम्ब कडा कारवाहीको माग गरेको छ ।


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login
Forgot your password?
Enter your username or email and we'll email you a link to choose a new one.
Back to login