मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति २:५४
१३ मंसिर २०८३ आइतबारराति २:५४ Sunday, November २९, २०२६

पत्रकार महासंघ प्रादेशिक बैठक सम्पन।

शेयर००
Listen to this article
3 min listen · 432 words0:00 / 3:00
0:00
3:00


पवन शाह बीरगंज, साउन २ गते
नेपाल पत्रकार महासंघ प्रादेशिक कमिटी २ को बैठक आज बीरगंजको होटल कुमु प्यालेसमा सम्पन्न भएको छ । अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा र महासचिब श्याम बन्जाराको संचालनमा सम्पन्न भएको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै महासंघलाई सृजनात्मक रुपमा अघि बढाउने र भएका निर्णय कार्यन्वयन गर्ने प्रतिबद्धता समेत सहभागिहरुबाट ब्यक्त गरिएको छ । बैठकमा केन्द्रीय सचिब तथा निबर्तमान प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु के सी लामिछाने, रिकु मिश्र, ललिता साह र सल्लाहाकार नवलकिशोर यादबको समेत सहभागिता रहेको थियो ।
बैठकले संघ सरकारले उपलब्ध गराएको लोक कल्याणकारी बिज्ञापनमा १० प्रतिशत कट्टा गरि पत्रकार कल्याणकोषमा जम्मा गर्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको ठहर गरेको छ । साथै सरकारसंग यो नीति अबिलम्ब सच्चाउन माग गर्दैै खाइ पाइ आएको रकममा कट्टा नहुने गरि लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । त्यसैगरि प्रदेश सरकारले लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन तत्काल नीति तथा कार्यबिधी बनाउन माग गर्ने समेत माग गरेको छ ।
आजकै बैठकले संचार सम्बन्धि कुनैपनि नीति निर्माण गर्दा महासंघलाई छलफलमा सहभागि गराउन माग गर्दै त्यो बिनाका नीति आफुहरुलाई स्वीकार्य नहुने ठहर समेत गरेको छ । बैठकले लोक कल्याणकारी बिज्ञापनको अभिलेखिकरण र भुक्तानी सम्बन्धीत जिल्लाको हुलाक कार्यालयबाटै हुने ब्यबस्था गर्न समेत माग गरको छ ।
आजकै बैठकले प्रदेश सरकारले आफै संचार गृह संचालन गर्ने निर्णयलाई लोकतन्त्रको उपहास हुने ठहर गर्दै लोकतान्त्रिक मूल्य एवं मान्यता बिपरित हुने यस्ता निर्णय कार्यन्वयन नगर्न माग गर्दै प्रदेश भित्रका सबै मिडियाको बिकासको लागि अबिलम्ब ठोस नीति ल्याउन समेत माग गर्ने निर्णय गरेको छ । आजकै बैठकले प्रदेश नम्बर २ को खाता संचालनको लागि जनकपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा अध्यक्ष राजेश कर्ण र महासचिब श्याम बन्जारा दुइ मध्ये १ र कोषाध्याक्ष बिश्वनाथ ठाकुरको हस्ताक्षर अनिबार्य हुने निर्णय गरियो । त्यसैगरि कोरोनाका कारण मृत्युवरण गरेका २ पत्रकारका परिबारलाई पुर्व निर्णय बमोजिम राहात बापतको रकम उपलब्ध गराउने र बाँकीको हकमा महासंघको श्रोतले भ्यायसम्म सहयोग उपलब्ध गराउने निर्णय गरियो ।
आजकै बैठकले यसै महिनाको अन्तिम सम्म प्रदेश कार्यालय संचालनको लागि घर भाडामा लिन अध्यक्ष राजेश कर्ण सचिबद्धय र कोषाध्याक्ष विश्वनाथ ठाकुर एव सदस्यहरु कैलास महतो, सन्तोष सिँह एवं हदिश खुददारलाई विशेष जिम्मेवारी दिइयो ।
आजकै बैठकले सल्लाहाकार नवलकिशोर यादबको संयोजकत्वमा महासंघका प्रदेश कार्यालय निर्माणको लागि जग्गा ब्यबस्थापन एवं भवन निर्माणको समिती गठन गरिएको छ । जस्मा प्रदेश २ बाट महासंघको केन्द्रमा प्रतिनिधत्व गर्ने नेतृत्व र प्रादेशिक समिती २ सदस्य रहने निर्णय गरियो ।
आगामी चौथो बैठक यसै महिनाको अन्तिम साता जनकपुरमा बस्ने निर्णय गरियो ।
बैठकमा अध्यक्ष राजेश कुमार कर्ण, उपाध्याक्षहरु रामानन्द प्रसाद गुप्ता, ज्योति झा, महासचिब श्याम बन्जारा, सचिबद्धय अजित कुमार सिँह, भोला पासवान, कोषाध्याक्ष विश्वनाथ ठाकुर र सदस्यहरु शैलेन्द्र झा, अजय कुमार साह, सन्तोष कुमार सिँह, प्रतिभा झा, बरुणा कर्ण, नविन मिश्र, शंकर श्रेष्ठ, कैलास दास, हदिस खुददार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login