रौशन कुमार चौधरी । रौतहट । असार १० गते
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाको पाँचौ नगरसभा विहिवार सम्पन्न भएको छ ।
विजयपुर लक्ष्मीनीया स्थित नगरापलिकाको प्रांगनमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा अधिवेशन ०७८÷०७९ सभ्य एवं भव्याताका साथ सम्पन्न भएको छ । राष्ट्रिय गानबाट सुरु भएको नगरसभामा ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख गोपाल राय यादव र उपमेयर कान्ति देवीले पानसमा बति बालेर नगरसभाको उदघाटन गर्नु भएको थियोे ।
नगर प्रमुख यादवको सभाध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ५५ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि फतुवाविजयपुर नगरपालिकाले आफना पाँचौं नगरसभाबाट ५५ करोड १५ लाख ३४ हजार ९ सय ४० रुपैयाँ १० पैसा बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुको साथै यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, खानेपानी तथा सरसफाई, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह, नगर कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु , कर्मचारीहरु, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनितिक कर्मी,सुरक्षाकर्मी, पत्रकारहरु लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
Listen to this article
0:00
2:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead