मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ११:५४
११ मंसिर २०८३ शुक्रबारराति ११:५४ Friday, November २७, २०२६

फतुवा विजयपुरका ३ वर्षिय बालिकाको पैनीमा डुबेर मृत्यु

शेयर००
Listen to this article
1 min listen · 100 words0:00 / 1:00
0:00
1:00


उपेन्द्र गोले रौतहट । असार २५ गते
रौतहटको फतुवा विजयपुर नगरपालिकामा पैनीमा डुबेर ३ बर्षिय बालिकाको मृत्यु भएको छ । शुक्रबार रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर १० दुधिअवाका ३ बर्षिय बालिका अनुष्का चौधरी घर नजिकै रहेको बढकी पैनीमा पौडी खेल्न जादा सो पैनीले बगाएर मृत्यु भएको स्थानिय रञ्जन खरेलले बताउनु भयो । पौडी खेल्न गएका अनुष्का लामो समयसम्म घर नफर्किएपछि बुवा रुपेश चौधरीले खोजी गर्ने क्रममा सोही पैनीको घाटबाट ४०० मिटर तल मृत अबस्था फेला परेको खरेलले बताउनु भयो । अनुष्का एक्ले सो पैनीमा पौडी खेल्न गएका थिए । मृतक बालिकाका बुवा आमा भने खेतमा रोपाइ गर्न गएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।