मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ८:३९
१२ मंसिर २०८३ शनिबारराति ८:३९ Saturday, November २८, २०२६

बागमती स्थित मानव निर्मित तालमा एक युवक डुबेर बेपत्ता

शेयर००
Listen to this article
1 min listen · 101 words0:00 / 1:00
0:00
1:00

राजिव शाह सर्लाही, साउन २ गते
सर्लाहीको बागमती नगरपालिका वडा न(१२ स्थित भरत तालमा सनिवार एक युवक डुवेर बेपत्ता भएका छन्।साझ करिब ४ बजे तिर निर्माणाधीन अवस्थामा रहेको उक्त तालमा साथीहरुसँगै तालमा माछा मार्न गएका सोही नगरपालिका वडा न(१ का १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
थापासँगै अन्य ६(७ जना युवकहरु पनि माछा मार्न गएको तर थापा बाहेक अन्य सबैजना युवकहरु सकुशल बाहिर निस्किएको प्रहरीले जनाएको छ । बेपत्ता भएका थापाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरु मिलेर खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
निर्माणाधीन अवस्थामा रहेको उक्त ताल १२१ बिघा क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login