मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारबिहान ३:५३
१३ मंसिर २०८३ आइतबारबिहान ३:५३ Sunday, November २९, २०२६

नेपाल आयल निगमले फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १२७ रुपैयाँ

शेयर००
Listen to this article
2 min listen · 191 words0:00 / 2:00
0:00
2:00


पछिल्लो चरणमा पटक पटक बढ्दै आएको इन्धनको मूल्य पुनः बढाइएको छ । बुधबार राति १२ बजेपछि लागू हुने नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिएको जानकारीअनुसार अनुसार पेट्रोल, जिडेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ बढेको छ । पेट्रोल, जिडेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ । पछिल्लो मूल्यबृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १२७ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ११० रुपैयाँ भएको छ।

निगमले जनाएअनुसार पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार निगमलाई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीका आधारमा मूल्य बढेको हो । निषेधाज्ञाको समयमा भएको बिक्री परिणामको हिसाब गर्दा मूल्य बढेको अवस्थामासमेत निगमलाई १५ दिनमा ७७ करोड घाटा हुनेजनाइएको छ ।

दुई रुपैयाँ मूल्य बढेसँगै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८२ र अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रतिकिलो लिटर कायम गर्ने निर्णय भएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

हाल कच्चा तेलको मूल्य उच्च रहेको उल्लेख गर्दै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम नरोकिने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भइरहने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनुपर्ने बाध्यता आउन सक्ने उनको भनाइ छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead