मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति २:४७
१२ मंसिर २०८३ शनिबारराति २:४७ Saturday, November २८, २०२६

भर्खरै जनकपुरमा गुडीरहेको गाडीमा अचानक आगलागी

शेयर००
Listen to this article
1 min listen · 101 words0:00 / 1:00
0:00
1:00


जनकपुर । प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा चलिरहेको गाडीमा अचानक आगलागी भएको छ ।अहिले भरखरै साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित गुडिरहेको गाडीमा अचानक आगो लागेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा मानविय क्षति हुनबाट जोगिएपनि गाडी पूर्ण रुपमा जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेट पश्चात आगो नियन्त्रणमा आइसकेको छ ।क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन् । जनकपुरधामबाट काठमाण्डौसम्म चल्ने उक्त गाडीमा यात्रुहरु समेत रहेको बताइएको छ ।घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र विस्तृत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।