मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ११:४०
१२ मंसिर २०८३ शनिबारराति ११:४० Saturday, November २८, २०२६

मुख्यमन्त्री राउत एक्सनमा अक्सीजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन

शेयर००
Listen to this article
3 min listen · 346 words0:00 / 3:00
0:00
3:00


शम्भु जनकपुरधाम । जेठ ०२ गते
पछिल्लोमा समयमा बढदै गएको कोरोना संक्रमण विरुद्ध प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक्सनमा उत्रिनु भएको छ । बढदो अक्सिजनको मांग र संक्रमतिको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषा स्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालहरुको स्थलगत अनुगमन गर्नु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण अनुगमन गर्नु भएको हो । ढल्केवर स्थित ढल्केवर ग्यास उद्योग (अक्सीजन प्लान्ट) निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका संचालकलाई अक्सीजनको वितरण एकद्वारा प्रणाली मार्फत मात्र गर्न निर्देशन दिनु भएको छ । धनुषामा अक्सीजनको वितरणमा आजैबाट एकद्वार प्रणाली लागु गरिएको छ । त्यर्सैगरि मुख्यमन्त्री राउत सहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधिन अक्सीजन प्लान्टको समेत अवलोकन गर्नु भएको छ । सो क्रममा मुख्यमन्त्री राउतले अविलम्ब प्लान्ट संचालन गरि संक्रमितहरुको ज्यानको रक्षा गर्न उद्योगका संचालकलाई आग्रह समेत गर्नु भएको छ । मुख्यमन्त्री राउतको आग्रह उद्योगका संचालकले शनिवार सम्म जसरी भएपनि प्लान्ट संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । बेलामा निर्माणधिन उद्योग २४ घण्टामा ६सय सिलिण्डिर रिफिल गर्न सक्ने क्षमताको रहेको छ । त्यस्तै मुख्यमन्त्री राउत सहितको टोलीले जानकी मेडिकल कलेजद्वारा संचालित कोभिड स्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापक संग अस्पतालमा रहेका संक्रमितहरुको अवस्था र उपचारमा भै रहेको समस्या बारे जानकारी लिएका छन । सो क्रममा जानकी मेडिकल कलेजका व्यवस्थापन पक्षले अक्सीजनको कोटा बढाई दिन मांग गरेका थिए भने टोलीले आजै बाट अक्सीजनको कोटा बढाइ दिने र शनिवार बाट चाहे जति अक्सीजन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । हाल ६० बेड कोरोना संक्रमितको लागी संचालन गरि रहेको जानकी मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले बेड बढाउन आग्रह समेत गरेका छन । यता प्रदेश सरकारले मनिपालको खाली भवनमा निर्माण गरि रहेको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउत सहितको टोलीले निरीक्षण गर्नु भएको छ । युद्ध स्तरमा निर्माणधिन उक्त अस्पतालको काम समयमै सक्न उहाँले निर्देशन समेत दिनु भएको छ । निरीक्षणको क्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जेठ १५ अगाबै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code