मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारबिहान ३:३६
१३ मंसिर २०८३ आइतबारबिहान ३:३६ Sunday, November २९, २०२६

रुपन्देही युवा समूहद्धारा ३७ घर परिवारलाई राहत वितरण

शेयर००
Listen to this article
2 min listen · 179 words0:00 / 2:00
0:00
2:00


उर्मिला यादव यात्री जेठ १५ गते

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रुपन्देही युवा समुहले आज शनिबार १३ घर परिवारलाई राहत बितरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि समस्यामा रहेका गरीब तथा अति बिपन्न १३ घर परीवारलाई समुहले शनिबार पनि राहत बितरण गरेको हो । रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताको अध्यक्षतामा सिद्धार्थ नगरपालिका भित्र रहेका गरीब तथा अति बिपन्न १३ घर परीवारलाई सात किलो चामल, एक पोका तेल, एक प्याकेट नुन, तीन किलो आलु, डेढ किलो प्याज र २ प्याकेट बिस्कुट बितरण गरीएको समुहका महासचिव कृष्ण खरेलले जानकारी दिनु भएको छ । शनिबार सम्म ३७ घरपरिवारलाई राहत बितरण गरीएकोे छ ।यस अघि पनि समुहले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले बताउनु भयो । राहत बितरण कार्यक्रममा रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ता ,बरिष्ठ उपाध्यक्ष बिशाल मिश्रा, उपाध्यक्ष प्रकाश हरीजन,कोषाध्यक्ष अभिषेक जैसवाल र सहसचिव किसान जैसवाल, सदस्य बिजय कार्की थापा लगायतको सहभागिता रहेको थियो । राहत बितरण कार्यलाई आइतबार पनि निरन्तरता दिने समुहले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code