उपेन्द्र गोले रौतहट । असार १९ गते
रौतहटको गरुडामा गएराती हातीले एक घर भत्काएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ५ स्थित शिवनगर महादेवस्थानका रामविलास बैठाको घरमा जंगली हातीले आक्रमण गरि घर तोडफोड गरेको छ । गएराती बैठाका परिवार सुतिरहेको अबस्थामा एक्कासी हातीले आक्रमण गरेको र घरमा लगाइएको भित्ता भत्काएर अन्नपात खाएको बैठाले बताउनु भयो । तत्काल क्षतिको अनुगमन तथा निरिक्षण गरि क्षतिपुर्ति दिनु पर्ने स्थानियले माग गरेको छन । रौतहटको मध्य भागमा जंगली हात्ती प्रबेश गरि स्थानियलाई आतंक मच्चाउदा सेमत प्रशासनले बेवास्ता गरेको स्थानियको भनाई रहेको छ । जंगली जनावरहरुले किसानहरुले लगाएका अन्नबालीमा समेत क्षति गर्दै आएको भएपनि जिल्ला वन कार्यालय रौतहटले त्यसको नियन्त्रण तथा आरक्षलाई जिम्मा लगाउने काम गर्न नसकेको स्थानियले आरोप लगाएका छन ।
Listen to this article
0:00
1:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead