मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारबिहान ३:४०
१२ मंसिर २०८३ शनिबारबिहान ३:४० Saturday, November २८, २०२६

रौतहटको मौलापुरमा नगर प्रमुख साहद्वारा पानी टंकी तथा मोटर वितरण

शेयर००
Listen to this article
1 min listen · 114 words0:00 / 1:00
0:00
1:00


उपेन्द्र गोले रौतहट । असार २३ गते रौतहटको मौलापुर नगरपालिकाको एक दलित बस्तिका प्रत्येक घरमा पानी टंकी वितरण गरिएको छ ।बुधबार एक कार्यक्रमकाबिच मौलापुर नगरपालिकाको मर्यादपुर र मौलापुर एकिकृत दलित बस्तिका रहेका प्रत्येक घरमा नगर प्रमुख रीना कुमारी साहले पानी टंकीका साथै मोटर वितरण गरेको मौलापुर नगरपालिकाले जनाएको छ । सो स्थानका प्रत्येक घरघरमा हैण्डपाइप समेत जडान गरि सकेकाले बस्तिमा खानेपानी समस्या पुर्ण रुपमा अन्त्य हुने विश्वास लिइएको नगर प्रमुख साहले बताउनु भयो । मौलापुरको मर्यादपुर र एकिकृत बस्तिमा लामो समयदेखि खानेपानीको अभाव रहेको थियो । बुधबार टंकीसहित मोटर वितरण भएपछि दीर्घकालिन पानीको समस्याको अन्त्य हुने स्थानियले बताएका छन । कार्यक्रममा नगर उपप्रमुख गौरी शंकर जयसवाल, जनप्रतिनिधि एवम् स्थानीय नेताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।