मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ९:२९
१२ मंसिर २०८३ शनिबारराति ९:२९ Saturday, November २८, २०२६

रौतहटमा प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना पक्राउ

शेयर००
Listen to this article
2 min listen · 178 words0:00 / 2:00
0:00
2:00


आरके श्रीवास्तव । रौतहट । बैशाख ०४ गते
रौतहटमा प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन ।
लागु औषध गाँजा सहित जिल्लाको कटहरिया नगरपालिका वडा नं १ का १९ वर्षिय महमद नसरुदिन र सोही स्थानका शेख शैदुल पक्राउ परेको प्रहरीले जनाएको छ ।
गत चैत्र ३१ गते राति ९ बजेको समयमा गस्तीमा खटेको अस्थायी प्रहरी पोष्ट छेदीचौक प्रहरीले टोलीले कटहरिया नगरपालिका १ भसेढवाबाट २ किलो ७५० ग्राम अबैध गाँजा सहित दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
पक्राउ परेका दुवै जनासँग २,२ किलो ७५० ग्राम गाँजा बरामद भएको गरुडा प्रहरीले जनाएको छ ।
रातिको समयमा झोला बोकी आइरहेको अवस्थामा प्रहरी टोलीलाई शंका लागि निजहरुको शरीर तथा उनिहरुले बोकेको झोलाहरु चेकजाँच गर्दा शेख शैदुलले बोकेको झेलाबाट २ किलो ७५० ग्राम र महमद नसरुदिनले बोकेको झोलाबाट समेत २ किलो ७५० ग्राम लागु औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभएको छ ।
पक्राउ परेका शैदुल र नसरुदिन दुवै जनालाई जिल्ला अदालत गौरबाट आज म्याद थप अनुमति लिएर न्यायीक हिरास्तमा राखेर अनुसन्धान कार्य भइरहेको गरुडाका डिएसपी रावलले जानकारी दिनुभयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead