मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति १२:२७
१३ मंसिर २०८३ आइतबारराति १२:२७ Sunday, November २९, २०२६

वर्तमानकाल दैनिक पत्रिकाको होलि मिलन समारोह भव्य रूपमा सम्पन्न

शेयर००
Listen to this article
2 min listen · 275 words0:00 / 2:00
0:00
2:00


प्रदीप दास। गरुडा। चैत्र १४ गते।

रौतहट जिल्लाको चर्चित बजार कटहरियामा आज वर्तमानकाल दैनिक पत्रिकाको होलि मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। वर्तमानकाल दैनिक पत्रिका माघ २६ गते देखि नियमित रूपमा प्रकाशित हुदै आएको छ। २०७७ सालको हिन्दुधर्मावलम्बीहरुको महान पर्व होलिको शुभ अवसरमा होलि मिलन समारोह आयोजन गरेको छ। उक्त समारोहमा वर्तमानकाल दैनिक पत्रिकामा आवद्ध सम्पूर्ण पत्रकार सहयोगीहरु लगायत साहित्यकार,लेखक ,प्रसाशन वर्ग ,बिभिन्न पार्टीका नेता कार्यकर्ता ,शिक्षक – शिक्षिकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। वर्तमानकाल दैनिक पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक रोशन चौधरीको अध्यक्षतामा भएको होलि मिलन समारोहमा प्रमुख अतिथिको रुपमा कटहरिया नगरपालिकाका नगर उप-प्रमुख नुरजहाँ खातुन ,बिशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रबि रावल , नेकपा माऒवादि केन्द्रका युवा समाजसेवी नेता नस्रुदीन अन्सारी ,रातोपाटिका रौतहट सम्बाददाता कटहरिया निवासी संजय मिश्रा “बिद्रोही”,दुधियाभार ससश्त्र प्रहरी बेस कैम्पका प्रहरी निरीक्षक ,ईलाका प्रहरी कार्यालय कटहरियाका सई,शिक्षक तथा बज्जिका भाषका साहित्यकार संजय साह “मित्र “,किशुनदेव यादव “श्री कृष्ण “,हरि जीसी,रेणु गुप्ता ,लेखक श्रीमन नारायण मिश्रा ,बारा सहकर्मी अमरेश पाण्डे ,उपेन्द्र पासवान ,पर्सा सहकर्मी एमडी रियाज , सम्पादक उपेन्द्र मिश्रा , कार्यकारी सम्पादक आरके श्रीवास्तव,सह-सम्पादक ओमप्रकाश यादव ,व्यवस्थापक रामआधार यादव , फोटो पत्रकार प्रदीप दास ,राजेश पासवान ,कटहरिया बहुमुखी क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादव ,कटहरिया म्युजिकल एफएमका स्टेसन मेनेजर प्रकाश श्रेष्ठ ,मधेश मसला एफएमका स्टेसन मेनेजर एवं पत्रकार मनोज चौधरी ,राजेश्वर पाण्डे ,कृष्ण तिवारी ,रुपेन्द्र पटेल ,गौर सहकर्मी स्मिथ रजक ,मधेशजन अवाज एफएमका स्टेसन मेनेजर विजय साह,रमेश कुमार यादव ,राधेश्याम यादव ,कटहरिया नगरपालिकाका स्टोर इन्चार्ज छोटेलाल मिश्रा , संजय कुशवाहा ,सागर संगम ठाकुर ,उमेश यादव लगायत बिभिन्न क्षेत्रका पत्रकारहरुको उपस्थितिमा होलि मिलन समारोह भव्य रूपमा सम्पन्न भएको हो। उक्त समारोहमा स्वागत मन्तव्य वर्तमानकाल दैनिक पत्रिकाका कार्यकारी सम्पादक आरके श्रीवास्तव दिनु भएको थियो र कार्यक्रमको संचालन सह-सम्पादक ओमप्रकाश यादवले गरेको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login