मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १०:२२
१२ मंसिर २०८३ शनिबारराति १०:२२ Saturday, November २८, २०२६

शव गाडिएको ठाउँमा सुजिताको दाहसंस्कार छोरीले भने…

शेयर००
Listen to this article
2 min listen · 192 words0:00 / 2:00
0:00
2:00


शम्भु पंडित जनकपुरधाम असार २९ गते
महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको एक महिनापछि शव फेला परेको सोमबार राति अन्तिम संस्कार गरिएको छ । शव गाडिएको जग्गमै दाहसंस्कार गरिएको छ । दागवत्ती श्रीमान मुकेश ठाकुरले दिएका हुन् । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर काजक्रियाका लागि प्रहरीले छाडेको बुझिएको छ । जेठ २० गतेदेखि बेपत्ता सुजिताको शव दुईदिन अगाडी मात्र शौचालयको ट्यांकीभित्र फेला परेको थियो । उनको ह’त्यामा आफ्नै देबर, ससुरा, देवरानीसहितका संलग्नता रहेको भन्दै माइत पक्षले किटानी जाहेरी प्रहरीमा दर्ता गराइसकेको छ । जसमध्ये देबर रुपेशसहित केहि व्यक्ति मात्र पक्राउ परेका छन् । सामाजिक अभियन्ता सरोज राय लेखेका छन । सुजिता ठाकुरको अन्तिम संस्कार राती भएको छ । अन्तिम संस्कार शव गाडिएको ठांउ ससुराको जग्गामा भयो । दागवत्ती श्रीमान मुकेश ठाकुरले दिए । सुजिताको आत्मा संसार छोडेर गए तर हत्या’रालाई सजाय दिन पर्याप्त प्रमाण छोडेर गए । छोरी आंचलले सोध्दै थिए, ‘अंकल, मम्मीलाई आगोमा किन जला’एको रु यसको उत्तर प्रहरी प्रशासन र अदालतले दिनेछ । ईश्वरले सुजिताको आत्मालाई शान्ति प्रदान गरुन र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन । पिडीतलाई न्याय र दोषीलाई हदैसम्मको सजाय दिलाउन मेरो साथ परिवारलाई हमेशा रहन्छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead