मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारबिहान ५:३४
१३ मंसिर २०८३ आइतबारबिहान ५:३४ Sunday, November २९, २०२६

सप्तरी टाइगर युवा ग्रुप समाज सेवाद्वारा मृतक बुधन सदाको परिवारलाई खाधान्न सहयोग

शेयर००
Listen to this article
2 min listen · 216 words0:00 / 2:00
0:00
2:00

राजविराज, बैशाख । २३ गते
बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सप्तरीका युवाले कुटपिटमा परी ज्यान गुमाएका एक मजदुरका परिवारलाई आज खाधान्न सामाग्री सहयोग गरेका छन् ।
मलेसियामा रहेका युवाले पठाएको १० हजार रुपैयाँबाट एक सय किलो चामल, पाँच किलो दाल, पाँच लिटर तेल, पाँच किलो प्याज, पाँच किलो नुन, १० किलो आलु, तीन किलो मुरही, एक किलो लसुन, एक किलो मसला, आधा किलो सुखा खोर्सानी र केही मास्क मृतकको घरमा पुगी उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।
सो गुरूपको अध्यक्ष उमेश साह,उपाध्यक्ष रवन राय,सचिब एम्पि देब मंडल,प्रतिनिधि संजय मंडल,सहसचिव परमेश्वर मंडल,कोषाअध्यक्ष नरेश साह,सल्लाकार इन्द्रजित माझी,सहयोगी राम कुमार मंडल संगै समपूर्ण सप्तरी टाइगर युवा ग्रुप समाज सेवा टिम मलेशियाले पठाएको सहयोग इन्सेक प्रतिनिधी एवम पत्रकार मनोहरकुमार पोखरेल, पत्रकार नविन यादव, स्थानीय समाजसेवी डम्बर महतो, परमेश्वर मण्डलको उपस्थितीमा खाध सामाग्री हस्तान्तरण गरेको टिमका सहयोगी राजकुमार मण्डलले बताउनु भयो ।
कुटपिटबाट घाइते सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरका ४४ वर्षीय बुधन भनिने बुधु सदाको गत शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको थियो ।
मजदुरीका लागि बैशाख ९ गते भारत हरियाणाको जमुनानगर गएका सदालाई गत बिहीबार परिवारका सदस्यले सप्तरीको छिन्नमस्ता गाउँपालिका नजिक रहेको भारतको न्योरबाट घाइते अवस्थामा घर ल्याएका थिए । घाइते सदाले श्रमअनुसार पारिश्रमिक र खाना मागेकै कारण चार–पाँच जना मिलेर कुटपिट गरेको उनकी श्रीमति प्रमिलादेबी सदाले बताउनु भयो ।
उपचारका लागि शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराइएकोमा सोही राति मृत्यु भएको उहाँले बताउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login