मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति २:२२
१२ मंसिर २०८३ शनिबारराति २:२२ Saturday, November २८, २०२६

सुजिताको देवर रुपेशले गरेका थिए हत्या, पति रिहा

शेयर००
Listen to this article
3 min listen · 356 words0:00 / 3:00
0:00
3:00

धर्मेन्द्र कुमार यादव– महोत्तरी, असार २९ गते
महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई जिल्ला प्रहरी महोत्तरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुजिताको हत्या तथा शव लुकाउनेमा संलग्न देवर रुपेश सहित चारजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका पतिराम ठाकुरका छोरा २९ वर्षीय रुपेश ठाकुर, रामचन्द्र मण्डलका छोरा बर्ष ३७ का बण्ठा भन्ने किशोरी मण्डल, हकिम कवारीका छोरा बर्ष ३३ का मुल्ला भन्ने आदम राईन, रामचन्द्र मण्डलका छोरा बर्ष ३२ का नथुनि मण्डल रहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सुजिताकी श्रीमान ३१ वर्षीय मुकेश ठाकुरको घटनामा कुनै संलग्नता नदेखिएपछि उनलाई छाडिएको छ । उनलाई सुजिताकी बुबा पीपरा गाउँपालिका वडा नं। ६ रतौली बस्ने कामेश्वर पाण्डेलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुजिताको हत्या जेठ २० गते बिहान ८–९ बजेको बिचमा नै देवर रुपेशले गरेको अनुसन्धानबाट खुलेको छ । देवर रुपेशले सुजिताको कोठा भित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिची हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सुजिताको हत्या पश्चात दिनभरी शवलाई सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको थियो । राति साढे ८ देखि ९ बजेको बिचमा आफ्नै ट्याक्टरमा सुजिताको शव राखेर घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्टो खनि गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट सा ठाउँमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो । अरुले थाहा पाउने देखेपछि जेठ २९ गते मध्यराती पुनः शव खनेर निकाली घरबाट ५ सयमिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोल पम्पसंग जोडिएको आफ्नै चिरान मिलको गोदामको जग्गाको उत्तरतर्फको भागमा निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाल्डो खनि शव पुन गाडेको थियो । शव गाडेर माथिबाट ६ ईन्च मोटो सिमेन्ट बालुवाले ढलान गरी माथिल्लो भागमा काठको गोलियाहरु राखेको थियो । पहिले शव गाठेको स्थानमा भोलीपल्ट पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो । जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्डो खनेपछि फेला परेको थियो । खोजविनको क्रममा असार २७ गते बिहान घरबाट ५ सय मिटर पर आफ्नै काठचिरान मिलको नजिक निर्माणाधिन पेट्रोल पम्पको छेउमा शौचालयको सेफ्टी ट्यांकीमा खाल्डो खनी गाडेर माथिबाट पलास्टर गरेको अवस्थामा फेला परेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।