मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ११:३४
१२ मंसिर २०८३ शनिबारराति ११:३४ Saturday, November २८, २०२६

२ थान पेस्तोल १७ राउण्ड गोलीसहित तीन युवक पक्राउ

शेयर००
Listen to this article
1 min listen · 143 words0:00 / 1:00
0:00
1:00


राजिव शाह(सर्लाही,असार,२७ गते
प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले हतियार सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सर्लाहीको ब्रहमपुरी गाउँपालिका २ स्थित मोहनपुर सडकखण्डमा हतियार सहित शुक्रबार साझ तीन युवक पक्राउ गरेको छ । ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उनीहरुको साथबाट २ थान पेस्तोल, त्यसमा प्रयोग हुने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियारसहित भारतबाट नेपालतर्फ आउँने क्रममा गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई हातहतियार सहित पक्राउ गरिएको थियो । उनीहरुमाथि थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code