रौतहट,११ वैशाख। बाघको आक्रमणबाट डिभिजन वन कार्यालय रौतहटका एक चौकीदार घाइते भएका छन् ।
बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका २ स्थित मलेनियामाइ सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु गंगा कुमर घाइते भएका हुन् ।
सोमवार अपरान्ह सामुदायिक वन क्षेत्रको अवस्था बुझ्न गएका कुमरलाई जंगलमै बाघले आक्रमण गरेको थियो । घाइते कुमरलाई चन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।