रौतहट । फाल्गुन १९ गते
करिब सबा एक बजे हामी शिवहर जिल्लाको सदरमुकाम शिवहर बजारमा पुग्दछौं । हामी शिवहर बजारमा उत्तरबाट पसेका हुन्छौं र पुर्व जाने बाटोमा हाम्रो बाइक रोक्छौ । त्यसै बजारको छेउ–छाउमा रसिदपुर भने गाउँबाट मेरो सानी आमाका दुई छोराहरु प्रेमशंकर र शिवशंकर बसाइ सरेर आएका छन् । ती दाइहरुलाई भेटौँ भने उद्देश्यले यताउति आँखा डुलाउँछु तर भेटिदैनन् । यो भन्दा पुर्वको शिवहर यात्राका बेला वहाँका काकालाई भेटेको हुन्छु तर यस पालि त्यो घर पनि ठम्याउन गा¥हो पर्छ । केही बेरपछि मामा घरमा रामनरेश दाइलाई फोन गर्दा वहाँ मोबाइल घर मुसाचक (सितामढी जिल्ला)मा छोडेर देवाही रामचरित्र दाइको सासुको १२ औं दिनको श्राद्धमा जानु भएको खबर वहाँकी छोरीबाट थाहा हुन्छ । उक्त छोरीलाई शिवहरका दाइहरुको सम्पर्क नम्बरबारे केही पनि थाहा छैन् । अब सानी आमाका छोराहरु नभेटने निस्कर्षमा पुग्छु र हामीलाई अब मुज्जफरपुर जिल्ला हँुदै मुज्जफ्फपुर शहर पुग्नु छ । हामी गुगल मैपमा सही बाटो पाउदैनौ र बाटो सोध्दै शिवहरको जिरो माइल पुग्छौ र त्यहाँबाट सिधा पुर्व सितामढी जाने बाटो छोड्छांै अनि दक्षिणको बाटो लाग्छौं । केही अगाडि हिड्दा रोकी राखेको ट्रकको छेउबाट दौडिरहेको बाइकमा ट्रकको पछाडिबाट एकासी अर्को बाइक निस्कन्छ र एक आपसमा ठोकिएर भुर्इँमा दुवै चालक लड्छन् तर घाइते कोही पनि हँुदैनन् । हामी आफ्नै सुरक्षित गतिमा बाइक हाँक्दै त्यहाँ नरोकी अगाडि बढ्छौं । सामान्य ग्रामीण सडक हँुदै जाँदै गर्दा शिवहर जिल्लाभित्रै केही खाजा खानेकुरा खोज्छौं । तर खाजा खाने ठाउँ नपाउँदै शिवहर जिल्ला कटेर मुज्जफरपुर जिल्लामा प्रवेश गर्छौं । केहीबेरको यात्रापछि हामी एउटा मोडमा सोध्दा दुवै बाटो मुज्जफरपुर नै जान्छन् तर तपाई मुज्जफरपुरमा कहाँ जाने भनेर सोध्छन् । त्यस प्रश्नको जवाफमा हामी पड़ावपोखर जानुपर्ने भन्दा त्यहाँबाट पूर्वको बाटो छोडेर दक्षिणतिर जाने बाटोबाट जान सल्लाह दिन्छ र हामी त्यसै बाटोमा दौडिन्छौं । केही समयको बाइक हकाइपछि हामी मुज्जफरपुरभन्दा नजिकको नगर पञ्चायत काँटी बजार पुग्छौं र एउटा साफसुथरा शाकाहारी नास्ताको होटेल अगाडि बाइक रोकी मित्र र सुदामा दुबैजना होटेलमा पस्नु हुन्छ भने म एउटा सर्जिकल मास्क किन्न औषधी पसलबाट यहाँ नेपालमा दश रुपैया नेपालीमा दिने मास्क भारतीय रुपैया दशमा दिन्छ । म होटेल पुग्दा दुवैजना मुख हाथ सफा गरेर बसिरहे हुन्छन् । म पनि होटेलको पछाडि भागमा रहेको हैण्ड पाइपमा हाथ मुख सफा गरेर सरहरुको नजिक बसेको केही बेरमा तीन ठाउँमा समोसा चाट आइपुग्छ । चाट अलि बढी पिरो भएको हामीलाई लाग्छ । खाजा खाइओरी हाम्रो बाइक फेरि मुजजफरपुर पड़ाव पोखर जानको लागि दौडिन्छ । केही बेरको चौडा बाटोबाट सानोतिनो बाटो हँुदै मुज्जफरपुरमा एक दुई ठाउँमा सोधी खोजी हामी करिब ४ बजेको समयमा पड़ाव पोखर पुग्छाँै । यहाँबाट डा. अवधेश्वर अरुण सरको बाटो नजिक भएपछि एक ठाउँमा बाइक रोक्ने वितिकै सञ्जय मित्र सर केही फल किन्न लाग्नु हुन्छ । एउटा के पनि मान्यता छ भने गुरु, देउता र बुजुर्ग कहाँ दर्शन–भेट गर्न जादाँ खाली हात जानु हँुदैन केही न केही सौगात लिएर जानु पर्दछ त्यसैको लागि डेढ किलोग्राम अंगुर लिएर र्फिर्कनु हुन्छ । हामी अहिले मुजजफरपुरको पड़ाव पोखर रोडको लेन नं. ३ मा डा. अरुणको निवास भएतिर लाग्छौं । लेन नं. ३ मा पुग्दा त्यो त ३ को ए रहेछ त्यसमा वहाँको घर रहेन्छ र हामी अर्को लेन नं. ३ को बि मा पुग्दा साहित्यकार डा. अरुणको तेश्रो छोरा साहित्यकार डा. यशवंत कुमार घर बाहिर दुईजना राजमिस्त्री र मजदुरबाट काम गराइरहेको हामी भेटछौं । हामीमा अभिवादन साटासाट हुन्छ । हामी पहिलेदेखि परिचित भएकोले यशवंत सरको अनुहार हाम्रो स्वागतको लागि पर्खि बसेको जस्तो आभाष हामीलाई हुन्छ । हामीलाई घरको बारदलीमा बस्न आसन ग्रहणको लागि अनुरोध हुन्छ र यशवंत सर हाम्रो बज्जिकाको महान साहित्यकार जो औपचारीक शिक्षा हिन्दीको भाषा विज्ञानमा विद्यावारिधि (पि. एचडी.) गरेर त्यो भन्दा माथिलो तह महाविद्यावारिधि (डी. लिट्) सम्मको शैक्षिक उपाधिबाट सम्मानित हुनु हुन्छ । उही महान साहित्यकार डा. अवधेश्वर अरुण जो एल. एस. कालेज मुज्जफरपुरबाट चार जना साथीको सहयोगमा आफ्नो मातृभाषा बज्जिकाको लागि भाषिक आन्दोलन गरेर बिहारमा बज्जिका भाषालाई साहित्यिक रुपमा स्थापित गर्न सफल हुनु भएको छ । मेरो जानकारीमा बज्जिकाको पहिलो महाकाव्य बज्जिका रामाएनका साथै अन्य कृतिहरु सोनाके बँसुली माटी के गीत, गंडक में उठल हिलोर, घुरा के आग र लाल डोराका साथै हिन्दीका पनि कयौ मुर्धन्य कृतिहरुको पनि रचना गर्नु भएको छ । वहाँलाई हामी नेपालबाट भेटन आएको सन्देश महान कविलाई दिनु हुन्छ । केही पलको अन्तरमा साहित्यकार अरुण डा.साहेब घरमा आरामको लागि लगाइने लुङ्गी, कुर्ता डिजाइनको लामो कोट र घाटीमा सेतो गमछामा सजिएर हाम्रो अगाडि प्रकट हुनु हुन्छ । हामी श्रद्धाले शिर निहुराउछौं र पालै–पालो कविजीको चरण स्पर्श गछौं । हामी यो दृश्यलाई आ–आफ्नो मोबाइल क्यामरामा एक–अर्काको सहयोगमा कैद गर्न छुट्टाउदैनौं । वहाँ हामी तीनै जनालाई पहिलेदेखि चिन्हे भए पनि वृद्ध अवस्था रहेकोले नाम सुन्ने बितिकै हर्षित हुनु हुन्छ ।
हामी बज्जिकार्पण अंक २५ महाविद्यावारिधि डा. अवधेश्वर अरुणबाट नै लोकार्पणको लागि नेपालबाट लगेका हुन्छाँै । नेपाल प्रेस एण्ड कम्प्युटरमा भएको पैकिङ्गलाई खोलेर बज्जिकार्पण अंक २५ सिधै बज्जिकाको महामानवको हाथमा सुम्पिदा सहर्ष स्वीकार्नु हुन्छ र त्यसको विधिवत लोकार्पण गर्नु हुन्छ । हामी ताली बजाएर अभिन्नदित हुन्छौँ । वास्तवमा बज्जिकार्पणको पहिलो अंकदेखिका हर्ताकर्ता मित्र सरले पनि बज्जिकार्पणको २५आँै अंकको प्रकाशन कस्तो भएको छ भनेर देख्नु भएको छैन । साँचो अर्थमा हामी सबैले सयौँ किलोमिटर बज्जिकार्पणलाई बोकेर लगेका छौँ तर कसैले देखेका छैनौँ । त्यहीँ बज्जिकाका लागि सर्वमान्य पुरुषबाट लोकार्पण गराउने अभिलाषा पूरा भएकोमा मित्रजीको अनुहारमा फरक किसिमको चमक देखिन्छ । लोकार्पणपश्चात महाकविजी घरभित्र जानु हुन्छ र हातमा तीन थान पुस्तक लिएर हामीलाई आशीर्वाद स्वरुप प्रदान गर्नु हुन्छ । हामी सहर्ष स्वीकार गर्छाैं । उक्त कृति वहाँको पौत्री राधिका सिंह रोली तथा पौत्र नचिकेत नमन द्वारा रचित ‘हमारे बाबा डा. अवधेश्वर अरुण’ व्यक्तित्व एवं कृतित्व हुन्छ जसको लोकार्पण भन्दा पनि ई.सं. २०२१ को सरस्वती पूजाको दिन देवार्पण भएको जानकारी वहाँ आफ्नै मुखारबिन्दुबाट गराउनु हुन्छ । त्यसमा हामी पनि लेखकद्वयलाई भेटी साहित्यमा लागेका तीनै पूस्ताको एक साथ दर्शन गर्न आग्रह गर्छौं । यति हँुदै गर्दा डा. यशवंत सर खाजाको थाली गिलासमा पानी हाम्रो अगाडि टेबलमा पस्किनु हुन्छ । त्यसै बेला मित्र सरसँगै लिएर आएको अंगुरको पोटली कवि सरको अगाडि अर्पण हुन्छ । हामीलाई नास्ता खान आग्रह आएको हुन्छ तर हामी हाम्रो महामानवबाट हामी चढाएको भेटी वहाँबाट स्वीकरोक्ति स्वरुप अंगुरको दाना ग्रहण गर्दा हामीले चढाएको प्रसाद देवताबाट भोग लगाएको अनुभूति गर्छौं । त्यस पश्चात हामी पनि नास्ता ग्रहण गर्दछौं । नास्ता नसकिदै सरको जेठो सुपुत्र साहित्यकार डा. रणवीर कुमार राजन आइपुग्नु हुन्छ । वहाँबाट मित्र सर र सुदामा सर पहिले परिचित भए पनि मेरो नयाँ परिचय हुन्छ । वहाँ पनि हिन्दीमा विद्यावारिधि गरेर बिहार विश्वविद्यालयको लक्ष्मी नारायण कॉलेज भगवानपुरमा प्रोफेसर हुनु हुन्छ । वहाँसंगै यशवंत सर चिया लिएर आउनु हुन्छ, हामी पाँचै जनासंगै चिया खान्छौ. । त्यसै बिचमा मेरो नाम उपनामको कुरो चल्दा मेरो पहिलो भेटमा डा. अरुणजीले नै मेरो नाम किशुन दयाल यादवमा उपनाम श्रीकृष्ण थपेर बज्जिका रामाएनमा हस्ताक्षरसहित भेट दिनु भएको थियो । अब फेरी साहित्यिक नाम किशुनदयाल श्रीकृष्ण लेख्न उपदेश दिनु भयो, जसलाई म देववाणी सम्झेर शिरोपर गर्छु । डा.अरुणको ममाथि विशेष कृपादृष्टि रहेको अनुभूति हुन्छ मलाई, म हृदयदेखि प्रफुल्लित छु । डा. राजनद्वारा रचित ‘उत्तर बिहार की जनभाषा बज्जिका की व्याकरणिक संरचना तथाव्याकरणिक कोटियों का अध्ययन’ नामक पुस्तक आफ्नो हस्ताक्षरसहितको प्रति सप्रेम भेट दिनु हुन्छ । यी कुरा हँुदै गर्दा लेखकद्वय राधिका सिंह ‘रोली’ र नचिकेत नमन आइपुग्छन् । हामी तीनै पुस्तालाई साथमा राखी फोटो खिच्छौं र त्यसपश्चात लेखकद्वयको वहाँको कृतिमा हस्ताक्षर गराएर लिन्छौं । अब हाम्रो हिड्ने बेला भएकोले हिडने सुरसार गर्दा डा. राजन हामी आउनु पूर्व जानकारी गराएको भए बैशाली जिल्ला महाकविको जन्मस्थल बिठौली रहन हुन्थ्यो तर अहिले घरमा ताला बन्द छ । हामी यसको लागि पछि आउँला भनी त्यहाँबाट बिदावारी हुन्छौं ।
आज राति कहाँ बस्ने हो ? ठेगान छैन । तर हामी यात्रामा निस्केका छौँ ।