रौतहट । फाल्गुन २३ गते
नेपालको राजनीतिमा अनेक समस्याहरू छन। तर एउटा समस्या भने ज्यादै गम्भीर प्रकृतिको छ र यसले नेपालको राजनीतिलाई नराम्रो गरी सताइ रहेको छ। नेपालको राजनीतिलाई स्थिर हुन दिइरहेको छैन। २०४६ सालको राजनीतिक परिवर्तनदेखि नै नेपालको राजनीति अति अस्थिर रहँदै आएको छ। एउटा प्रधान मन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न नपाउनु र प्रत्येक दुई वर्ष वा सोभन्दा कम समयमा प्रम फेरिनुलाई कुनै पनि दृष्टिकोणबाट राजनीतिक स्थिरता मान्न सकिंदैन। यो स्थितिले राष्ट्रिय राजनीति अस्थिर हुने मात्र होइन, देशको आर्थिक विकास पनि अवरुद्ध हुन पुग्छ। नेपालको राजनीतिमा विदेशीहरूको हस्तक्षेप बढेर जान्छ। अहिले स्थिति त्यस्तै छ। नेपालको आर्थिक विकास रोकिएको अवस्थमा छ। साधन तथा स्रोतले भरिपूर्ण र अनेक सम्भावनाहरू विद्यमान रहेको यस्तो अवसरमा देशले तिब्र गतिमा आर्थिक विकास गर्नु पर्थ्यो तर हुन सकिरहेको छैन्। राजनीतिक अस्थिरताको कारणले गर्दा देशको आर्थिक विकास एक किसिमले रोकिएको अवस्थमा पुगेको हो।राष्ट्रिय राजनीतिमा पनि छिमेकी राष्ट्रहरू चीन र भारतको राजनीतिक प्रभाव नेपालमा विस्तार भएको छ।
के होला त त्यस्तो समस्यारु
नेपालको राजनीतिमा देखिएको ज्यादै गम्भीर समस्या हो( नेताहरूमा म ज्यादै सक्षम नेता हो र म सर्वकालीन रुपमा राजनीतिमा रहनु पर्छ भन्ने भ्रम हुनु। बयोवृद्ध भएर हिंड्न नसक्ने अवस्थामा हुँदासम्म पनि सत्तामा रहन खोज्नु, सत्ता(मोह नत्याग्नु। राजनीतिक रुपमा आफू जहिले पनि शक्तिसाली रहन खोज्नु। आफ्नो स्वार्थको वरिपरि राष्ट्रिय राजनीतिलाई चक्कर काट्न लगाउनु।समन्वय र समझदारीको अभाव हुनु।
अनेक किसिमका जाल, झेल,प्रपञ्च रचेर भए पनि, जनतालाई झुक्याए भए पनि, झूठ नै बोलेर भए पनि, जनता जनता बिच युद्ध ९मओवादी संघर्ष २०५३(२०६३० गराएर भए पनि,यहाँ सम्मकी हजारौंलाई कालको मुखमा पुर्याएर भए पनि, नेताहरू सदा सत्ताको कुर्सीमा बस्न चाहन्छन।अफ्रिकाका केही मुलुक बाहेक यति ठूलो कुर्सी(मोह विश्वराजनीतिमा कमै देख्न पाइन्छ। कति ठूलो कुर्सी मोह१
नेपाली राजनीतिमा सत्ताका लागि अनेक पर्वहरू हुने गरेको छ।
देश र जनताले जस्तो सुकै दुस्ख पाए पनि सर्वकालीन रुपमा सक्तिशाली रहने आफ्नो इच्छा नेताहरू परित्याग गर्न चाहँदैनन। कस्तो अचम्म१ २०२७।२८ सालदेखि राजनीति गर्ने नेताहरू अहिलेसम्म पनि अविरल रुपमा राजनीतिमा सक्रिय रुपमा लागेका छन। कुर्सी छाड्न तयार छैनन। राजनीतिलाई देश सेवा होइन, सत्ता, शक्ति र पैसा हात पर्ने पेशा बनाएएका छन्।
विगत पचास वर्षदेखि राजनीतिलाई आफ्नो पेशा बनाएर, अनेक जालझेल गरेर कुनै न कुनै किसिमबाट सत्ताको कुर्सीमा विराजमान छन, हाम्रा यी नेताहरू। राजनीतिमा लामो समय रहन खोज्नु नराम्रो होइन तर केवल आफूलाई मात्र उपयुक्त देख्नु, आफू जहिले पनि सरकारमा हुन खोज्नु, सत्ता निरन्तर आफ्नो हातमा लिन खोज्नु गलत कुरा हो। हो, नेपाली राजनीतिमा देखिएको प्रमुख समस्या यो नै हो। नेताहरूको यस किसिमको मनोविज्ञाने गर्दा नेपालको राजनीति स्थिर हुन सकिरहेको छैन। नेताहरूमा सत्ता(स्वार्थ अति हुनु नै नेपाली राजनीतिको प्रमुख समस्या हो। पतिपक्षी भएर वा शक्तिविहीन भएर कुनै पनि नेता बस्न चाँहदैन। कम्युनिष्ट, कांग्रेस, मधेसी वा अन्य कुनै पनि दल, सबै दल र ती दलका नेताहरूलाई शक्ति चाहिएको छ। सबै दलको इच्छा आफ्नो सरकार होस भन्ने छ। जनताको सेवा तथा आर्थिक विकास यिनीहरूको लागि न्युन प्राथमिकताको विषय हुन पुगेको छ। प्रथम प्राथमिकता सत्ता प्राप्त गर्नु र कुर्सीमाथि बस्नु रहेको छ। जनताको सेवा एक।देशको कथा हुन पुगेको छ।
नेताहरूले सत्तामा नबसेर पनि देश र जनताको सेवा गर्न सक्छन।
अहिले नेकपामा देखिएको उदेक लाग्दो कलह पनि शक्ति हस्तगत गर्ने तिब्र इच्छको परिणाम हो। कुनै गम्भीर राष्ट्रिय समस्या समाधानका लागि यी नेताहरूमा मतमतान्तर भएको होइन अपितु बढी शक्तिसाली हुन कालागि कलह एवं संघर्ष भएको हो। यो कुरा हामी जनताले राम्रो गरी बुझ्न आवश्यक छ।
माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल, केपी ओली आदि आदि सबै सत्ता(कलहका पक्षधरहरू हुन। शक्ति आकांक्षीहरू हुन। देश विकास गर्नका लागि कलह गरेका होइन शक्ति हात पार्नका लागि कलह गरेका हुन। देशको आर्थिक विकास गर्नका लागि यिनीहरुले कुनै ठूलो कार्य पनि गर्नु पर्दैन केवल कलह, षडयन्त्र, दाउपेंच नगरेर मात्र मिलेर बसिदिए हुन्छ। एक आपसमा मेल मिलाप कायम गरेर हुन्छ।
कलह शान्त गर्ने सर्वाधिक उत्तम उपाय त्याग एवं मेलमिला हो। तर त्यस्तो यी नेताहरूले गरेनन र गर्दैनन पनि। केपी ओली प्रम भएको भोलि पल्ट देखि नै माधव नेपाल र पुष्पकमल दहाल ओलीलाई प्रमको कुर्सीबाट हटाउने उद्योगमा लागे। नेपाल र दहाल पक्ष, ओली प्रम भएदेखिनै खराब विचार ९लभनबतष्खभ भलभचनथ ० उत्पादन गर्ने अभियानमा लागे।यो अवधि भरि, यो समूहले सत्ताको लागि झगडा गर्नुको साटो कुनै रचनाताम्क कार्य कहिले गरेन। विकास, निर्माणको कार्य गरेन। दहाल(नेपाल समूहले केवल खराब विचार प्रवाह गर्ने बाहेक कुनै ठूलो कार्य गरेन।
ओलीले पनि मेलमिलापको बाटो खोज्नुको सट्टा नेपाल(दहला पक्षलाई आफ्नो क्रोध निरन्तर रुपमा प्रदर्शन गरि रहे। मेलमिलापको बाटो खोजेनन। बरू ओलीले नेपाल( दहाल पक्षलाई लोप्पा ख्वाउन संसद नै विघटन गरिदिए। यी दुई पक्षहरू बीच प्रतिसोधको सिलसिला चलिरह्यो। देशको समग्र राजनीति केवल दुई पक्षहरूको संघर्षको साक्षी बनिरह्यो। एउट बाटो, मेलमिलापको बाटो, यी दुई समूहरूले रोजेको भए देश अहिलेको जस्तो राजनीति भूमरिमा फँस्ने थिएन।
मेलमिलापको औसर नभएको भने होइन। यदि ओलीले प्रम पदबाट राजिनामा गरेर उनको आफ्नै पक्षका व्यक्तिलाई प्रम चुनेको भए दहाल (नेपाल र ओली पक्षीयहरू बिचको तानातान मत्थर हुने थियो। देशको राजनीतिले स्थिरता पाउने थियो। तर ओलीले पनि हातमा रहेको सत्ता गुमाउनु खोजेनन। सत्ता लिप्सामा रहिनै रहे। आफू नभएमा नेपालको राजनीति संकटमा पर्नेछ भन्ने भ्रम मनमा पलिरहे।
सत्ता र शक्तिका लागि युद्धरत यी दुई पक्षहरू बिच अहिले पनि समन्वय हुन सक्छ। त्यो समन्वयको सम्भावना समाप्त भएको छैन।
निम्न दुई उपायहरु मध्ये कुनै एक उपाय प्रयोग गरेर ओली र नेपाल( दहाल पक्षहरू बिच समन्वय गराउन सकिन्छ। यस्तो गर्न सकिएमा उनीहरूके दल, नेकपाले पनि नया जीवन पाउँछ। साथैदेशको राजनीति पनि स्थिरताको दिशातर्फ अग्रसर हुन्छ। ।
पहिलो उपाय( ओली र नेपाल(दहाल पक्षहरू बिच राम्रो समझदारी कायम भएर बाँकि अवधि सम्मका लागि केपी ओलीलाई प्रम हुन दिने र भविष्यमा कुनै किसिमको अवरोध खडा नगर्ने। दोस्रो उपाय( ओली र दहाल(नेपाल( पक्षको साझा सहमतीमा कुनै अर्को व्यक्तिलाई प्रम बनाउने। यस्तो गरेरमा नेकपा फुट्दैन पनि। अर्को चुनाव सम्ममा लागि राष्ट्रिय राजनीतिले स्थिरता पाउँछ पनि।
तर मूल समस्या भनेको नेताहरूको स्वार्थी प्रवृति नै हो।
मेरो कुरा नै लागू हुनु पर्छ भन्ने नेताहरूको ढिपी रम शक्तिमा सर्वकालीन रुपमा रहन पाउनु पर्छ भन्ने उच्च महत्वाकांक्षाले यो देशलाई बेरोजगारी र गरिबीतिर धकेली रहेको छ। । तर सहमति र समन्वयको सम्भवना भने अहिले पनि विद्यमान छ।
विश्वराज अधिकारी