प्रदिप दास । गरुडा । चैत्र ०६ गते ।
रौतहट जिल्लाको मध्य ठाउँ गरुडा नगरपालिकामा चमार अगुवाको समिक्षा बैठक समपन्न भएको छ । गरुडा बजारमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता चमार कल्याण समाज नेपाल रौतहटका जिल्ला अध्यक्ष सोनेलाला रामको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा जिल्लाको १८ वटै पालिकाका दलित चमार अगुवाहरुको सहभागिता रहेको थियो । बैठकमा जिल्लाको हरेक पालिकामा समाज लाइ विस्तार गर्ने विषयमा छलफल भएको थियो । यस अवसरमा सर्वजित राम,सत्यनारायण राम सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको बैठकमा सहभागि दलित अगुवा पुनित रामले जानकारी गराउनु भयो ।