चैत्र ०७ गते ।
घुर्मीमा हामी खाजा खाएर केही अलमल गर्यौ । निर्धारित ठाउँभन्दा पनि अगाडि सुमो जाने भयो यो हाम्रो लागि उपहारजस्तै भयो । सुमो अगाडि मध्य पहाडि राजमार्गमा बढ्न थाल्यो । बढी फराकिलो नभए पनि बाटो चौडा नै रहेछ । गाडी सललल पूर्वतिर बढिरहेको थियो । दायाँ दक्षिण र बायाँ उत्तर महाभारत पर्वत शृङ्खलाका पहाडहरु चिरेर बनायएको सडक बडा सुन्दर र राम्रो लागिरहेको थियो । कही कही पहाडको काँखमा गाडी उतार चढाव हुँदा रोलरकास्टरमा बसेजस्तो लाग्थ्यो । यस्तै गाडी बढिरह्यो । हेर्दा हेर्दै दूधकोशीले असङ्ख्य पहाडहरुलाई आफ्नो चरनमा झुकाएको दृश्य हेरेँ । वास्तवमा सरलताले हठी र दम्भी प्रवृतिलाई जहिले पनि झुकाउने प्रमान देखाइरहेको थियो दुधकोशीले । त्याहाँको वातावरण र सौन्दर्यले मलाई मुग्ध बनाइरहेको थियो । म धन्य हुँदै थिएँ यी दृश्यहरु हेरेर र मलाई पहिलो चोटी लाग्यो कि वास्तवमा नेपाल यति सुन्दर छ भन्ने कुरा । हुन त म भान्जाको साथ सहयोगको लागि सहयात्री बनेको थिएँ तर यस्तो सुरम्य ठाउँ हेर्न सायदै योजना बनाएर पनि जान्थेँ होला । अहिले मेरो हात कीबोर्डमा चलिरहेको छ । म त्यहाँ गएको धेरै भयो । आज म लेखिरहेको छु त के लेखिरहेको छु यदि मैले त्यस दिन यो संस्मरण लेखेको भए अरु सजीव र सार्थक हुन्थ्यो । अहिले कतिपय शब्दहरु मैले मेले विर्सिसकेँ । दृश्यहरु विर्सिसकेँ । हेरे देखेका ठाउँहरु विर्सिसकेँ । जुन मेरो हृदय भित्र तरङ्गहरु उठेका थिए ती हुबहु कहाँ आज राख्न भ्याउछु । लक्ष्मीप्रसाद देवकोटाले सही भनेका हुन् के नेपाल साने छ ? वास्तवमा नेपाल सानो छैन र । ठूलो छ । सुन्दर शान्त विशाल छ । यो मलाई लाग्यो त्यस दिन । दुधकोशी नदीको पुल भारतीय राज्यको पटनाको गंगा नदीको पुल जस्तो ठूलो त थिएन , सानै थियो तर अति सुन्दर थियो । पुल पार गरिरहँदा यस्तो लागिरहेको थियो कि मानौ जिउँदै स्वर्गको सयर गरिरहेको छु । गाडी अगाडि गएर ओखलढुङ्गा जाने भयो । हाम्रो बाटो दिक्तेलको थियो । त्यसैले हामी दुई मामा भान्जा सुमोबाट ओल्र्यौ । गाडी पूर्व हुँदै उत्तरतिर लाग्यो । हामी मध्य पहाडी राजमार्गकोमा उभेर अर्को गाडीको प्रतीक्षामा आँखा बिछाइरहेका थियौँ तर गाडी आउने कुनै सङ्गेत देखिरहेका थिएनौँ । हामीमा फेरी उही डर पलाइरहेको थियो कि आ दिक्तेल पुग्दैनौँ कि ? एक जना अरु परीक्षार्थी पनी म पछाडि गाडी कै बाटो हेरिरहेको थियो । सो कुरा भने हामीलाई थाहा थिएन । पछि आएर उतै जााने करा गरेपछि हामी तीन साथी भयौँ । आसाको किरण उदायो हामीले एउटा साने गाडी आइरहेको देख्यौँ । नजिक अएपछि हामीले गाडी राक्यौँ । गाडीमा ठाउँ थिएन तर पनि ड्रायभरले एक जानालाई लैजान तयार भयो । हामी मामा भान्जा त्यो परीक्षार्थीलाई जान दियौँ । आपत हाम्रो लागि भयो त्यति बेर प्रतीक्षा गरेर एउटा गाडी पाएका थियौँ , त्यहाँ पनि ठाउँ मिलेन । सूर्य अस्त हुनै लागेको थियो । एउटा पिकप आयो । मैले ड्राइभरलाई सगैँ लाने आग्रह गरेँ । ऊ आफै मालिकसहित दुई जना थियो । गाडीमा समान लोड भएको हुनाले पछाडि बस्ने करै भएन । मालिकले समस्या बझेर हामी दुईलाई पनि बसायो । सुरुमा त बस्न कठीन भयो तर बढ्दै गाडी अगाडि गएपछि हामीलाई बस्न सहज भयो । गाडीका मालिक दिलदार र रसिक थिए हामीसँग ऊ छिटै घुलमिल भयो । नाना थरीका बात मार्दै हामी अगाडि बढिरहेका थियौँ । गाडी मालिकले मलाई उत्तरतिर मकालु हिमाल देखायो । हिमाल टाढै भएपनि मैले यति नजिकबाट हिमाल कहिल्यै देखेको थिइनँ । यहाँ बाटो केही समयको लागि उत्तराभिमुख थियो । आकाशमा हिमाल मात्र देखिरहेको थिएँ । तल अँध्यारै थियो । समय गोधुँलीको थियो तयसैले अरु पहाड तथा गल्छीहरु केही देखिदैनथे । बायाँ पश्चिम हेरेँ । क्षितिजभरि अलि माथि आकाशसम्म सिन्दुर रङ्ग यसरी परागका कण जस्ता उडिरहेको र आवोहवामा घुलिरहेको जस्तो लाग्थ्यो मानौँ यो दृश्य लौकिक नभई अलौकिक हो । गजबको सुृन्दर छविछटा । बिस्तारै सर्दै बढ्दै मकालुलाई घेर्ने प्रयाश गरिरहेको जस्तो । मकालु हफू सिन्दुर रङ्गमा डुब्दै मलाई पनि डुबाइरहेको जस्तो लाग्थ्यो । गडी बढ्दै गयो । अरु कुन कुन हिमालहरु रातै टिमटिम बलिरहेको देखेँ पत्ता लागेन । गडीको हेड लाइटले जति बाटो देखाउँथ्यो त्यति मात्र हेर्थे । भान्जा गौन मौन निशब्द र स्तबध बसिरहेको थियो । सायद ऊ पनि प्रकृतिको चित्रकारिता देखेर दङ्गदास थियो । कहीँ कहीँ बाटो मर्मत गर्नैहरु बाटो छेउमा आगो बालेर उज्यालो तुल्याएका थिए । एक ठाउँमा हामीले दुम्सी देख्यौँ । त्यसपछि अँध्यारो बाहेक अरु केही देख्ने मौका पाएनौँ । गाडी मालिकले खोटाङ्गको हलेसी जाने बाटो देखायो । मैले त्यहीँबाट हलेसी महादेवलाई मनमनै नमन गरेँ । त्यसपछि मलाई केही थाहा भएन । हामी एकै चोटी नुनथला पुग्याँै । जहाँबाट एक डाँडापारि दिक्तेल रहेछ । नुनथला राती त्यति खास मलाई नलागे पनि नयाँ अवश्य लाग्यो । त्यहीँ एक हाटलमा हामी खाना खायौँ र सुत्न गयौँ । त्यस अघि हातमुख धुदा हाडसम्म पुग्ने चिसो पानी वास्तवमा बर्फिलो थियो । काठ र जस्ताले बनेको त्याहाँको होटल ध्वाँसो रङ्गमा कालै पोतिएको भएपनि सुन्दर लागिरहेको थियो । हामी मामा भान्जा सुत्न गयौँ । ऊ त सुत्यो तर मलाई निद्रा भने लागेन । मलाई ती चारैतिरका डाँडामा बलिरहेका बिजुलीका बल्बहरु ताराजस्ता झिलिमिली देखिन्थे । मलाई वास्तविक तारा र बल्बमा भेद छुट्याउन कठीन भइरहेको थियो । लाग्थ्यो आकाश बाटुलो भई मलाई घेरी छकाइरहेको छ । यही कुराहरु हेर्दै र मनमा खेलाउँदै कति खेर सुतेँ थाहा भएन । विहान सखारै नित्यकर्म गरेँ र तलबाट माथि उक्लेर राजमार्गको छेउमा रहेको त्यस होटलमा पुगेँ । होटलको मुख उत्तर तर्फ थियो । अझै सूर्य उदाएको थिएन । मैले अगाडि हिमालका लस्करहरु देखेँ अनि यसबारे भान्छेसँग सोधेँ । उसले यो सगरमाथा हो भनी बतायो । मेरो खुसीको सीमा रहेन । सडकपारि गएर मैले अगाडि सिधै उत्तरतिर हेरेँ । लागिरहेको थियो एक खाडलपारि यहीँ त नजिकमा सगरमाथा छ तर त्यसतो हैन रहेछ । जब सूर्यको लालिमा पूर्वतिर आकाशमा देखियो , मैले हेरे असङ्ँख्य पहाडहरु एकपछि अर्को प्रगट हुँदै गरेको । हेर्दा हेर्दै पहाडहरुका मेला लागे मेरा यी दुई आखा अगाडि । जब जब सूर्य माथि चढ्दै गयो तब तब सगरमाथा सेतो चोला त्यागेर रातो चोला धारण गरिरह्यो । मानौ कुनै कलाकारले सुनौलो रातो रङ्ग चढाइरहेको छ । म प्रकृतिको यो कलाकारी हेरी दङ्गदास भइरहेको थिएँ र सर्वाङ्ग आफू पनि त्यही रङ्गमा भिजिरहेको थिएँ । लागिरहेको थियो कि म कहीँबाट स्वर्गमा पुगेछु । बिलकुल सपना समान । हलिउडको नार्निया फिल्मको कथा जस्तो । अजिवको अनुभूतिले मलाई नुहाइरहेको थियो । सबै नयाँ नयाँ । म मेरो भान्जा र त्यहाँ जानुको उद्देश्य पनि बिर्सिसकेको थिएँ । वास्तवमा नेपाल यति सुन्दर छ भन्ने कुरा त्यस दिन थाहा भयो ।
सुदामा , बलरा १० सर्लाही