वैशाख ०१ गते
छोरा–छोरी र अभिभावकको सम्बन्ध परापूर्व कालदेखि चलिआएको कहिले नमेटिने शाश्वत सम्बन्ध हो । अभिभावक भनेको बालबालिकाका बुबाआमा वा उसलाई पालनपोषण गर्ने, हेरविचार गर्ने, उचित लालनपालन र उचित शिक्षादीक्षा दिन अभिभारा बोक्ने संरक्षक व्यक्ति भने बुझिन्छ । बालबालिकाको लालनपालन अभिभावकको अभिभारा हो । अभिभावकले आफ्नो बालबालिकाको शारीरिक रुपमा मात्र पालनपोषण गर्दैनन् कि मानसिक र सम्वेगात्मक विकास पनि गर्न चाहन्छन् । अभिभावकले आफ्नो बालबालिकाको पाइला पाइलामा सही निर्देशन दिनु दिन्छन् कि उसले के गर्नु पर्ने के नगर्नु पर्ने । अभिभावकको यसै दिशानिर्देशले बालबालिकाको भविष्यमा अपेक्षित सफलताको बाटो खोज्न मद्दत गर्दछ । के आजको दिनमा अभिभावकले आफ्नो बच्चालाई उचित अर्थमा दिशा निर्देश गरेका छन् त ? सामान्यरुपमा हेर्दा यसको जवाफ हो जस्तो नै लाग्छ तर गहनरुपले हेर्दा यसको जवाफ व्यवहारमा नकारात्मक देखिन्छ । कलिला उमेरका बाल मानसिकताले उसलाई शब्दमा दिइएको ज्ञानभन्दा उसले अभिभावकले गर्ने व्यवहारिक क्रियाकलापबाट सिकिरहेका हुन्छन् वा उनीहरू अनुसरण गर्न खोजेका हुन्छन् । साना उमेरका नानी बाबुहरु कुनै पनि नया“ कुरा गरेर सिक्न खोज्छन् । जीवनप्रति बढी उत्साहित हुन्छन् । त्यस कारण जिम्मेवार अभिभावक त्यसतो कुनै पनि गलत क्रियाकलाप गर्न चाहदैनन् जसबाट उसको बालबालिकालाई नकारात्मक कुराको प्रभाव परोस् । अभिभावक जहिले पनि आफ्नो भविष्यबाट सचेत भएर आफ्नो दैनिक गतिविधि गर्नु पर्दछ ।
यो सही हो कि आजको अभिभावक पहिलेको अभिभावकको तुलनामा आफ्नो बालबालिकाको पढाइ लेखाइमा विशेष ध्यान दिइएको पाइन्छ । सामान्य अर्थमा यसको दुईवटा कारण देखिन्छन् । पहिलो हो अभिभावक पछिल्लो समयको तुलनामा बढी शिक्षित छन् र ऊ शिक्षाको महत्व बुझदछन् । दोस्रो हो आजको समय बहुत प्रतिस्पर्धाको समय हो । यसमा सबैले अरुको तुलनामा आफ्नो सर्वोच्च योग्यताको प्रदशर्न गर्नु पर्ने हुन्छ, जसको लागि यो आवश्यक छ कि ऊ आफुलाई कडा परिश्रमबाट तयार गर्नु । आजको अभिभावक चाहन्छन् कि उसको बच्चा जीवनमा सफल होस् । यसको लागि अभिभावक हमेसा बच्चाको शिक्षामा यथेष्ठ ध्यान दिइएको पाइन्छ । आजकालका सचेत शहरमा बस्ने अभिभावकले बच्चा विद्यालयबाट फर्कदा के के गृहकार्य लिएर आयो ? विद्यालयमा शिक्षकले पढाएको के बुझयो के बुझेन भनेर पनि ध्यान दिइएको पाइन्छ तर यसको तुुलना ग्रामीण क्षेत्रमा बसोबास गर्ने अभिभावकमा अझसम्म यो रेखदेखको पनि कमी नै देखिन्छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकाशं सामान्य विद्यार्थीले जीवनका लागि निश्चित लक्ष्य वा उदेश्य लिएको पाइदैन् किनभने सामान्य खेती किसानी वा मेहन्त मजदुरी गर्ने अभिभावक यसप्रति सोच्न सक्दैन् किनकि उसलाई आफ्नो गा“स, बास र कपासकै समस्यामा रुमलिएको देहिन्छ । त्यसता अभिभावक आफू शिक्षाबाट बन्चित भएकाले जीवनको नराम्रो अवस्थाबाट गुजरिरहेका हुन्छन् तर पनि उसको अगाडि भविष्यभन्दा वर्तमानको समस्या बढी जरुरी देख्छन् । जसको परिणाम ग्रामीण क्षेत्रका बच्चाहरु अपेक्षित संख्यामा गुणात्मक सफलता पाउन सकेका हुदैनन् ।
तर बालबालिकाको जीवन सफलताको लागि अभिभावकले केवल एकमात्र पक्ष कितावी शिक्षाको ज्ञान आर्जनमा मात्रै जोड दिइएको पाइन्छ भने उसको अर्को पक्ष प्राय धुमिल नै रहन्छ, त्यो हो उसलाई राम्रो संस्कार दिनु, असल बानी व्यवहार सिकाउनु, अपनत्वको भाव दर्शाउनु । पहिलेका अभिभावक आफ्नो बच्चालाई असल संस्कारका हिमायती थिए, अरुस“ग गरिने असल सदभावका र व्यवहारका कुरा आफ्नो व्यवहार र आचरणबाट देखाउथे । आजको अभिभावक केवल किताबी ज्ञानमा मात्रै सीमित राख्न ध्यान दिन्छन् जसबाट आफ्नो बच्चालाई राम्रो डाक्टर, ईन्जिनियर, वकिल, व्यवस्थापक, कर्मचारी आदि बनाउन चाहन्छन् । जसबाट उसले बढीभन्दा बढी रुपैया“ पैसा र भौतिक साधनहरु कमाउन सकुन, जसबाट आफूलगायत परिवारलाई भौतिक सुख प्राप्त होस् । यो बालबालिकाको एकतर्फी विकासमात्र हो यस दृष्टिकोणबाट उसको सर्वांगीण विकास सम्भव देखिदैन, जो शिक्षाको प्रमुख उद्देश्य हो । शिक्षाको अर्थ हो बालबालिकालाई असल परिवेशमा राखेर कितावी ज्ञानका साथसाथै उच्च संस्कारको पनि व्यावहारिक ज्ञान दिनु । असल संस्कार बिनाको कितावी ज्ञान उसलाई गलत बाटोमा डो¥याउछ । शिक्षाको अर्थ हो जीवनलाई पूर्णरुपमा सिकनु र जान्नु । त्यसैले शिक्षा आजीवन चलिरहने प्रक्रिया हो जो किताबको साथ साथै व्यवहारबाट सिकाइरहन्छ ।
संयुक्त परिवार हुदा बालबालिका आफ्नो हजुरबा–हजुरआमा, काका–काकी, दाई–भाउजू, दिदी आदिबाट अनेक मानवीय संस्कार ग्रहण गर्थे । बच्चाहका आफ्नो आमाबुबा परिवारमा बढी काम गर्ने उमेर समूहका हुन्छन्, उनीह आफ्ना नानीबाबुका लागि प्रशस्त समय दिन भ्याउदैनन् । त्यस अवस्थामा परिवारका बुढापाका परिवारका बालबालिकालाई विभिन्न किसिमका नैतिक शिक्षा दिने कथा, कविता, गीत नादकका साथै घरव्यवहारका सानोतिनो काम गर्न लगाएर संस्कार र ज्ञान दुवै एकैसाथ सिकाउथे । यसमा बच्चाहरु पनि बढी खुशी देखिन्छन् तर आजको जमाना एकल परिवारको हो, जसमा आमा–बुबाको दायित्व हुन्छ कि आफ्नो बच्चालाई असल तरिकाबाट शिक्षित र संस्कारी बनाउनु । यो अवस्थामा बच्चाको आवश्यकता के हो ? र ऊ के पाउ“दैछ ? कही कतैबाट ऊ नराम्रो बानी सिकेको त छैन् । समयमा राम्रो स्वस्थकर खाना खाने, उचित समयमा खेल्ने र अरु आवश्यक बानी व्यवहार भन्दा गलत बँटँेमा त लागिपरेको त छैन् भनेर अभिभावकको उत्तरदायित्व हुन्छ कि आफ्नो बालबालिकालाई उचित र व्यावहारिक तरिकाबाट सर्वांगीण विकास होस् ।
अभिभावकको पहिलो कर्तव्य हुन्छ कि आफ्नो बच्चालाई बाल्यकालदेखि नै जीवन एउटा निश्चित लक्ष्यका साथ जिउनु पर्दछ भन्ने सोचको विकास गरिदिनु । बिना उद्देश्य जीवनको कुनै अर्थ हुदैन् । विद्यालय विश्वविद्यालयका शिक्षा त त्यो उदेश्य प्राप्तिको साधनमात्र हो, जसको साधना नगरी उदेश्य प्राप्त हुदैन । अहिलेको प्रतिस्पर्धाको युगमा प्रतिस्पर्धाको लागि बच्चामा स्वाभाविक जागरुकता उत्पन्न गराउनु पर्दछ । जसको लागि ऊ आफुलाई सम्पूर्णरुपमा तयार गर्न सकोस् । बालबालिकाको रुचि र चाहनाअनुसारकै क्षेत्रमा मौका दिदा“ त्यसमा राम्रो गर्न सक्छ न कि अरुको बच्चाको तुलना गरेर आफ्नो मनोकान्क्षा पूरा गराउन उसको क्षमताभन्दा गाह्रो क्षेत्रमा धकेलेर । अभिभावकले सधैं उचित देखरेख गरेर उसको क्षमताअनुसारको अपेक्षा राख्नु पर्दछ । मेरो बच्चा धेरै राम्रो गरोस् भनेर अतिरिक्त बोझ दिनु हुदैन् । आनन्दित अभिभावकमात्र आनन्दित पिढी खडा गर्न सक्छं । बालबालिकामा संस्कार दिनको लागि अभिभावक र बालबालिकाबिच सुसंवाद हुनु आवश्यक छ । स्वयं तनावमुक्त अभिभावक मात्र आफनो बालबालिकालाई तनावमुक्त जीवन जिउने सिख दिन सक्छन्, आफनो बालबालिकासंग सुसंवाद गर्न सक्छन् । तनावमा रहने अभिभावकसंग कुराकानी गर्ने इच्छा बालबालिकामा पनि हुदैंन् । यदि अभिभावक नै तनावमा छन् भने त्यसतो अभिभावकलाई बालबालिकाले पनि आफ्नो नया कल्पना, विचार वा तनाव पनि बताउन चाहदैन् अतः स्वयं अभिभावक पहिले तनावमुक्त हुनु आवश्यक हो । अभिभावक र आमा बुबालाई सधैं आदर्श व्यक्ति बनेर उसको अगाडि आओस् । यो देखावटी रुपमा मात्रै होइन् कि व्यवहारमा पनि कथ्य र कर्ममा आदर्श समन्वय होस् । राम्रो संस्कार प्राप्त भएमा ऊ आफ्नो जीवनमा कमजोर हुदैन् । कठिनभन्दा कठिन समयमा पनि आत्मबल उच्च राखेर अन्तिम समयसम्म समाधानको बाटो खोज्छन्, हरेस खादै“नन् ।
गरूडा न.पा. ५, महम्मदपुर, कृष्णनगर