बैशाख ०९ गते
शिक्षकका लागि शिक्षण प्रकृयाले धेरै महत्व राख्दछ । एकजना प्रा.वि.राहत दरबन्दीमा कार्यरत शिक्षिका भन्छिन् –समय बितेको पत्तो हुदैन केटाकेटीहरुलाई पढाउनु प¥र्यो, बुझे नबुझेको प्रश्नहरु सोधेर थाहा पाउनु प¥र्यो कक्षामा विधार्थी संख्या पनि धेरै नै छन् सबैलाई हेर्दा हेर्दै घण्टी लाग्छ भने अर्का गणित नि.मा.शि. शिक्षकले दश मिनेटमै पढाएर सकिन्छ भन्छन् । यी दुबैथरिका शिक्षकले पढाउने काम नै गरेका छन् फरक यतिमात्र छ वहाँहरुले प्रयोग गर्ने शिक्षण प्रकृयाको । एउटा शिक्षकले प्रभावकारी शिक्षण गर्नका लागि पाठ योजनाको उत्तिकै महत्तव राख्दछ । कक्षाकोठामा प्रवेश गर्नु पूर्व के पढाउने, कसरी पढाउने, भन्ने कुरो पहिला नै प्रस्ट हुनु पर्दछ । यदि शिक्षक पूर्वतयारी नगरी कक्षाकोठामा प्रवेश गर्छन् भने उसले पढाएको कुरो विद्यार्थी समक्ष जति पुग्नु पर्ने हो उति प्रभावकारी रुपमा पुग्न नसक्ने हुन्छ । यसको परिणाम स्वरुप विद्यार्थीमा शिक्षकले आफूले दिन खोजेको कुरा पु¥याउन सक्दैनन् । शिक्षकका लागि शिक्षण प्रकृया धेरै महत्व राख्दछ भन्ने कुरो यसले पनि बुझाउँछ । यसको परिणाम स्वरुप विधार्थीहरुमा हुनु पर्ने सिकाइ हो त्यो हुन सक्दैन् । एउटा शिक्षक सफल असफल हुनुमा उसको तयारी के कति छ र उसले कतिको अन्य समयमा कति अध्ययन गर्दछन् त्यसमा पनि भर पर्ने कुरो हो । यसै गरी पढाइलाई प्रभावकारी बनाउने एउटा महत्वपूर्ण पाटो शिक्षण प्रकृया पनि हो ।
पूर्वीय शिक्षण विधि अन्तर्गत शिष्यहरु गुरु आश्रममा बसेर गुरुको सेवा गरेर ज्ञान प्राप्त गर्थे । गुरु सर्वेसर्वा हुन्थे र जो शिष्यप्रति जस्तो वहाँहरुको सोचाइ हुन्थ्यो उस्तै किसिमले उनीहरु अगाडि बढ्थे । दिनभरि गुरुको हरेक आज्ञालाई शिर निहुराई पालना गर्ने शिष्य बढी प्रिय र अनृुशासित कहलाउथें । गुरुको लागि भोजनको व्यवस्था गर्ने, दाउराको व्यवस्थामा जुट्ने, भिक्षा मागेर ल्याउनु पर्ने, गुरुमाबाट पाएको जतिमा सन्तोष गर्नुपर्ने, अह्राएको र खटाएको काम गर्नुपर्ने र गर्नलाई सदा तत्पर रहनुपर्ने, सबैजनाले एकै किसिमको नियम र अनुशासनमा बस्नुपर्ने र सम्भव भएसम्म बढी तत्पर भएर काम गर्नुपर्ने जस्ता काममा लाग्नु पथ्र्यो । गुरु आश्रममा बसेर शिक्षा लिने चलन निकै लामो समयसम्म रह्यो । बिस्तारै–विस्तारै आश्रमको शिक्षा विद्यालयसम्म पुग्न गयो र यसैसँगै धेरै कुरामा परिवर्तन पनि आयो । अहिलेको शिक्षा गुरु केन्द्रित नभएर विद्यार्थी केन्द्रित भइसकेको छ । हामीले आजको प्रतिस्पर्धाको समयलाई पनि विचार पु¥याउनु पर्ने, रोजगारीमुखी बनाउनु पर्ने, विद्यार्थीलाई सृजनात्मक बनाउनु पर्ने कुरो पनि चुनौतीको कुरो छ त्यसमाथि प्रविधिमा पनि निपुण हुनु आजको आवश्यकता छ । हुन त गुरुकुल शिक्षामा पनि विद्यार्थीहरु प्रविधि चलाउन नजानेका भने होइनन् । उतिखेर पनि भाला, तीर, धनुष, चलाउनुका साथै अन्य अस्त्रशस्त्र चलाउन सिकाइन्थ्यो र विद्यार्थीहरु पारंगत पनि बन्दथे । उतिखेर गुरुकुलमा वा आश्रममा बस्ोर ज्ञान लिने चलन थियो भने अहिले विद्यालयमा र विभिन्न प्रविधिको सहायताले ज्ञान लिने गरेको पाइन्छ । अहिले विद्यार्थीलाई बढीभन्दा बढी सक्रिय बनाउन र विद्यार्थीलाई स्फूर्त बनाउनमा विद्यार्थी केन्द्रित विधिहरु अपनाउनमा जोड दिइएको पाइन्छ । यस्तो पनि भन्ने गरिएको छ शिक्षक सहजकर्ताको भूमिकामा हुनु पर्छ र विद्यार्थीले आफै कक्षालाई अगाडि बढाउनु पर्छ । बीच–बीचमा आएका अप्ठ्याराहरुमा मात्र शिक्षकले के अप्ठ्यारो आएको हो, त्यसलाई सहज बनाइदिने भूमिका निर्वाह गर्नुपर्ने हो । यति शिक्षकको भूमिका न्यन र विद्यार्थीको भूमिका बढी भएमा विद्यार्थीलाई सृजनात्मक, जिज्ञासु, अध्ययनशील बनाउनमा मदत पु¥याउँछ । विद्यार्थीलाई क्रियाशील बनाउनमा छलफल विधि, परियोजना विधि, समूह छलफल विधि, जस्ता विद्यार्थी केन्द्रित विधिहरु अपनाउनु पर्छ र शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्ने गर्नुपर्छ । प्रवचन र व्याख्यान विधिले कक्षालाई पट्यार लाग्दो पार्ने, शिक्षक सक्रिय रहने र विद्यार्थी चाहिँ निष्क्रिय बन्ने हुनाले र यसमा शिक्षकको भूमिका बढी देखिएकाले आजको समयमा यी शिक्षण विधिहरुलाई राम्रो मानिदैन । अहिले पनि कतिपय विद्यालयहरुमा पुराना शिक्षकहरुले प्रवचन विधिबाटै आफ्नो शिक्षण कार्यलाई अगाडि बढाएको देखिन्छ र विद्यार्थीको भूमिका न्यून देखिने हुन्छ ।
सामुदायिक विद्यालयमाभन्दा संस्थागत विद्यालयमा शिक्षकहरुले जसरी पनि विद्यार्थीलाई सिकाउनु पर्ने बाध्यता भएकाले विद्यार्थीलाई रटाएर, घोकाएर सिकाउन खोजिरहेका हुन्छन् । विद्यार्थीहरु पनि सजाय पाउने डरले रटिरहेका हुन्छन् । यसरी रट्ने बानीले गर्दा उनीहरुमा आफूले सम्झेर केही गरुँ भन्ने भावना भएका विद्यार्थी निकै कम हुन्छन् । संस्थागत विद्यालयमा विद्यार्थीले बढी सिकेको हो वा बढी रटेको हो । बढी स्वाभाविक पढेको हो कि पिटाइको डरले परीक्षामुखी भएर पढेको हो । आज पनि संस्थागत विद्यालयमा लठी निषेध हुन सकेको छैन तर सामुदायिक विद्यालयमा अनेक संघसंस्थाले लठीको प्रयोगलाई पूर्णतया निषेध गरिसकेको छ जसले गर्दा शिक्षकले भनेको कुरा मान्न वा पत्याउन वा गर्न विद्यार्थीमा खासै रुचि देखिँदैन ।
सामुदायिक विद्यालयमा भने विद्यार्थी केन्द्रित शिक्षण भएको र विद्यार्थीलाई भयरहित वातावरणमा शिक्षा दिनुपर्ने मान्यतामा आधारित भएर विद्यार्थीहरुलाई विना कुनै करकाप आफ्ले सकेको काम गर्न दिइन्छ । सामुदायिक विद्यालयका किताबहरु साना कक्षाकै हेर्ने हो भने विद्यार्थीलाई सृजनात्मक अभ्यास गर्न दिएको हुन्छ । संस्थागत विद्यालयका किताबहरुले पनि सृजनात्मक अभ्यास गर्न दिएका हुन्छन् तर धेरै ठाउँमा विद्यार्थीलाई गर्न नलगाएर शिक्षक आफै गर्ने र विद्यार्थीलाई रट्न लगाउनाले विद्यार्थी आफूले केही गरु सिकूँ भनेर सिक्ने सम्भावना धेरै कमैमा हुन्छ । शिक्षकले पाठ पढाउँदा विभिन्न उदाहरणहरु प्रस्तुत गरेर उस्तै मिल्दा जुल्दा उदाहरण विद्यार्थीबाट दिन लगाउँदा सिकाइ बढी प्रभावकारी हुन सक्छ । शिक्षकले वास्तवमा राम्रो तरिकाले शैक्षणिक सामग्री तयार गरेर कक्षाकोठामा प्रस्तुत हुने हो भने यसबाट पनि विद्यार्थीमा सिकाइ प्रभावकारी बनाउन सकिन्छ । विद्यार्थीलाई हप्काउने, प्रश्नहरु सोध्ने ग¥र्यो भने उनीहरुलाई मानिसक असर पर्ने र साथीहरुको बीचमा उत्तर दिन नजानेपछि उनीहरुमा लाज बोध हुन गई विद्यालय उपस्थितिमा अरुचि हुन सक्ने सम्भावना रहन्छ । त्यसकारण सिकाइलाई दीर्घकालीन र प्रभावपूर्ण बनाउन विद्यार्थीकेन्द्रित विधिहरु प्रयोगमा जोड दिन र कक्षाको वातावरण सिकूँ–सिकूँ बनाउने काम शिक्षकको हो । विद्यार्थी कसरी बढीभन्दा बढी रमाएर पढ्छन् र उनीहरुको उपस्थिति बढाउन शिक्षकले रमाइलो तरिकाबाट शिक्षण कार्यलाई अगाडि बढाउनु आवश्यक छ । विद्यार्थीमा सिकेको कुरा स्थायी होस् र सिकाइ प्रभावकारी होस् भन्ने कुरामा पनि शिक्षक सचेत हुनुपर्छ र आजको आवश्यकता अनुसारको शिक्षण सिकाइ क्रियाकलापहरुको प्रयोगमा जोड दिंदा राम्रो हुन्छ कि ?
हुन त संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरु अनेक स्रोतबाट आएका हुन्छन् । सामुदायिक विद्यालयका संचालकले आफूप्रति बफादार शिक्षक राख्ने तथा राम्रो परिणाम ल्याउनै पर्ने बाध्यात्मक अवस्था सिर्जना गरेका हुन्छन् । जसरी हुन्छ, राम्रो परिणाम आएको देखाउनु पर्ने वातावरण संस्थागत विद्यालयमा सिर्जना गरिएको हुन्छ भने सामुदायिक विद्यालयमा विभिन्न स्रोतबाट शिक्षक आएका हुन्छन्, प्रअप्रति बफादार हुनुपर्ने त हो तर कतिपय शिक्षक चाहिँ विव्यसकै मानिसका हुने, अझ ठूलो सोर्स पावर भएकाहरु हुने हुन्छन् । यस्तो अवस्थामा शिक्षकमाथि प्रअले व्यावसायिक सफलताका लागि पनि टाइट गर्न सक्ने हुँदैनन् । शिक्षकमा मात्र समस्या हुन्छ भन्ने होइन –विद्यार्थी र अभिभावकमा पनि समस्या हुन्छ । अभिभावकहरु सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउँदा र संस्थागत विद्यालयमा पढाउँदाको अवस्थामा फरक मनोविज्ञान राख्दछन् । सामुदायिक विद्यालयमा पढ्दा घरमा केयर गर्दैनन् भने संस्थागत विद्यालयमा पढ्दा निकै केयर गर्दछन् । सामुदायिक विद्यालयमा बोलाउँदा कहिल्यै जाँदैनन् जबकि संस्थागत विद्यालयमा बोलाएको दिन अभिभावक गइहाल्छन् । संस्थागत विद्यालयमा नगद खर्च गर्ने गरेकाले पनि हुन सक्छ ।
यति हुँदाहुँदै पनि सामुदायिक विद्यालयका शिक्षकले शिक्षण प्रक्रिया र विधि अपनाएर शिक्षण सिकाइ क्रियाकलाप गर्ने हो भने अवश्य पनि प्रधावकारी हुन्छ । राजाको काम कहिले जाला घामजस्तो विद्यालयमा जाने र कक्षा कोठामा पुगिदिने अनि विद्यार्थीलाई राम्रोसँग पढ भनेर छाडिदिने प्रवृत्तिले सिकाइमा सुधार आउन सक्दैन । शिक्षकको नियत ठिक भयो भने शिक्षण धेरै हदसम्म प्रभावकारी हुन सक्छ र यदि नियत नै ठिक छैन भने शिक्षण प्रक्रियाको कुरोले केही पनि हुन सक्दैन । इमानदार शिक्षकले जुनसुकै अवस्थामा पनि सकेसम्म बढी विद्यार्थीले आफ्नो कुरा बुझून् र केही गर्न जानून् भन्ने भावना राखेर आफ्नो गतिविधिलाई अगाडि बढाएका हुन्छन् । यद्यपि प्रअभन्दा आफूलाई ठूलो ठान्ने र मलाई कसैले केही पनि गर्न सक्दैनन् भन्ने मनोविज्ञानका शिक्षकले केही गर्लान् भन्ने आशा नै गर्न सकिन्न तर पनि सोर्स पावरबाटै आएका इमानदार र कर्तव्यनिष्ठ केही शिक्षकले एकातिर विद्यार्थीको मन जित्न सफल भएका छन् भने अर्कोतिर राम्रो काम गरेर आफ्नो परिचय असल शिक्षकको रुपमा स्थापित गर्न सफल भएका पनि छन् । शिक्षण प्रक्रिया बुझ्दै नबुझेका र लागू गर्न नै नजानेकाले पनि कक्षामा इमानदारीपूर्वक आफूलाई प्रस्तुत गरेमा र कक्षामा पस्नुपूर्व पढाउने कुरामा आफूलाई पूर्ण तयारी गरेमा सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ ।