बैशाख १४ गते
हिन्दु धर्ममा हनुमानजीलाई सर्व शक्तिमान र प्रभु श्रीरामको परम भक्त मानिन्छ । रामायण महाकाव्यजस्तो महाग्रन्थको प्रमुख पात्र मध्येका एक हुन् हनुमान । यस्तो भनाइ छ कि हनुमानजी भगवान शंकरका एघारौं अवतार हुन्, जसलाई रुद्रावतार पनि भनिन्छ । हनुमानजीको शरीर बज्रजस्तो बलशाली र शक्तिशाली हुने भएकोले उनलाई बजरंगबली पनि भनिन्छ । हनुमानजीलाई सातओटा चिरंजीवीमध्येका एक गनिन्छ । वहा““ सबै कलामा निपुण मानिनु हुन्छ । हनुमानजी बुद्धिजीवीमा सबभन्दा विद्वान र वीरहरूमा महावीर भएकाले वहा“ आफ्नो पराक्रम र विद्वताको लागि प्रसिद्ध हुनुहुन्छ । हनुमानजी आफ्नो शरीरलाई कमिलाजस्तो सानो र पर्वत (पहाड) जस्तो विशाल पनि बनाउन सक्नु हुन्छ । वहा“ एक उडानमा हिन्द महासागर पार गरी रावणको लंका पुग्नु भयो । यस प्रकार वहा“को पराक्रम र ज्ञानको चर्चा गरिएको पाइन्छ । हनुमानजीले श्रीराम र सुग्रीवमा मित्रता गराई सबैजना मिलेर रावणको लंकामाथिको विजयमा सहयोग गर्नु भएको कुरा रामायणमा उल्लेख गरिएको छ ।
ज्योतिषशास्त्रअनुसार हनुमानजीको जन्म आजभन्दा लगभग एक करोड पचासी लाख उनान्साठी हजार एक सय तेरह वर्ष पहिले मंगलबारका चैत्र पूर्णिमाको दिन मेष लग्न र चित्रा नक्षत्रमा बिहान ६ः०३ बजे भारतको झारखण्ड राज्यकोे गुमला जिल्लास्थित अंजन नामको सानो पहाडको एक गुफामा भएको मानिन्छ । रामायणमा वर्णन भएअनुसार हनुमानजीको रुपमा उनको मुख वानरजस्तो र शरीर मानवको जस्तो छ । उनको शरीर अत्यन्त बलिष्ठ र बज्र समान छ । हनुमानजी जनेऊ धारण गर्नु हुन्छ । हनुमानजी वस्त्रमा केवल लंगोटमात्र धारण गर्नु हुन्छ । शिरमा सुनको मुकुट र घाटीमा केही आभूषण प्रयोग भएको देखिन्छ । हनुमानजीको पुच्छर वानर समान लामो छ र अस्त्रमा गदाको प्रयोग गर्नु हुन्छ ।
हनुमानजीको पिताको नाम केसरी थियो, त्यसैले उनलाई केसरीनन्दन भनिन्छ । हनुमानजीको मुख बानर र शरीर मानव जस्तो भएको र वहा“ ओठ (ठोरी)को अर्थ हुन्छ हनु जो उनको बिचमा धसेकाले उनलाई हनुमान भनिएको हो । पवनको अर्थ हुन्छ मारुति वा वायु हुने भएकोले उनको नाम मारुति नन्दन, पवनपुत्रले पनि पुकारिन्छ । हनुमानजीको बल र शक्ति अपार भएकोले उनको नाम महावीर पनि भनिन्छ । हनुमानजीले हतियारको रुपमा धारण गर्नु भएको गदा र उनको शरीर पनि बज्र समान बलियो भएकाले उनको नाम बजरंगबली पनि भनिएको हो । हनुमानजीले आफ्नो भक्तजनलाई कुनै पनि संकटबाट बचाउन सक्ने भएकाले उनको नाम संकटमोचन सिन भनिएको हो । हनुमानजीलाई बालाजी नामले पनि पुकारिन्छ ।
शास्त्रअनुसार हनुमानजीको जन्म केवल श्रीरामजीको भक्ति र कार्यलाई कार्वान्वयन गरी सफल पार्नको लागि भएको थियो । हनुमानजीको प्रत्यक शा“समा मात्र श्रीरामजीकै स्मरण हुन्छ । माता जानकीको हरणपश्चात भगवान श्रीराम र लक्ष्मणजीको पहिलो भेट किष्किन्धा पर्वतमा भएको थियो । जुन बेला दुबै दाजू भाइ माता जानकीको खोजीमा हुनुहुन्थ्यो । त्यस बेला हनुमानजी आफ्नो परम मित्र वानरराज सुग्रीवस“ग श्रीरामको मित्रता गराउनु भएको थियो । माता जानकीको हरणपश्चात रावणको लंकामा हनुमानजी नै माता जानकीलाई भेटन भगवान श्रीरामको चिन्ह मुन्द्रिका लिएर पहिलो दूतको रुपमा जानु भएको थियो । त्यस बेला हनुमानजीले रावणको फूलबारीलाई तहसनहस गरी सुनको लंकासमेत जलाएर आफ्नो वीरताको परिचय गराउनु भएको थियो । पछि वानरराज सुग्रीवको वानर सेनासाथ रावणस“गको युद्धमा भाइ लक्ष्मणलाई शक्तिबाण लाग्दा संजीवनी बुटी ल्याएर उनको प्राण बचाई राक्षसहरूलाई मारी, रावणलाई परास्त गरी भगवान श्रीरामको विजयमा ठूलो सहयोग गरी श्रीराम, माता जानकी र भाइ लक्ष्मणसमेतलाई अयोध्या ल्याई भगवान रामको राज्याभिषेकसमेत गराएका थिए । रामायणमा एक प्रसंगको अनुसार विभीषणजीले हनुमानजीलाई ताना मार्दै आफ्नो भक्ति प्रर्दशन गर्न भन्दा हनुमानजीले आफ्नो छाती चिरेर भगवान श्रीराम र माता जानकीलाई देखाएर सा“चो भक्तिको उदाहरण दिएका थिए ।
शास्त्रमा उल्लेखित कथाको प्रसंगअनुसार जुन बेला हनुमानजी शिशु अवस्थामा हुनु हुन्थ्यो र उनकी माता अंजनी जंगलमा फलको लागि गएको बेला हनुमानजीलाई भोक लाग्यो । उनी आफ्नो भोक मेटाउन सूर्यलाई फल सम्झेर फल टिपन अकाशमा उड्नुभयो । जब सूर्यलाई ग्रहण गर्न नजिक पुग्नु भयो । त्यसै बेला राहु सूर्यलाई ग्रहण गर्न आएका थिए । राहुलाई लाग्यो यो कुनै अर्को राहु छ भनी डरले भयभीत भई भगवान इन्द्रदेवकहा“ गई प्रार्थना गर्नुभयो कि त्यहा“ कुनै अर्को राहु छ । यो सुन्दा इन्द्रदेव भयभीत हुनुभयो र यसको वास्तविकता जान्न स्वयम उपस्थित हुदा हनुमानजी सूर्यलाई ग्रहण गर्न लागेकै थिए कि इन्द्रदेवले आफ्नो बज्र हनुमानजीमाथि प्रहार गरे । त्यो बज्र हनुमानजीको ठोरीमा ठोकिदा ठोरी टेढो भयो र हनुमानजी मूर्छित भई पृथ्वीको एक पहाडमा खस्नुभयो । हनुमानजीलाई मूर्छित देखेर पवनदेवले सम्पूर्ण पृथ्वीको वायुलाई रोक्नुभयो । जसबाट पृथ्वीमा हाहाकार मच्यो, कसैले पनि सास फेर्न सक्षम नभएकाले यसबाट बचन सबै मिली ब्रह्माजीकोमा सहयोगको लागि पुग्नुभयो । ब्रह्माजी पवनदेव भएकोमा पुग्दा, वहा“ हनुमानजीलाई का“खमा लिई उदास भएको देखेर ब्रह्माजीले हनुमानजीलाई पुनर्जीवित गर्नुभयो । त्यसपछि मात्र सृष्टिको सबै काम सुचारू भयो । ठोरीलाई संस्कृतमा हनु भनिने भएकोले उनको नाम हनुमान रहन गयो ।
यस्तो मान्यता छ कि हनुमानजीलाई यमदेवबाट चिरंजीवी रहने आशीर्वाद प्राप्त छ । यसको अर्थ हनुमानजी युगौ युगसम्म यस पृथ्वीमा रहनु हुनेछ । यस कलियुगमा पनि हनुमानजी भगवान श्रीरामको भक्तिमा लिन हुनुहुन्छ र आफ्नो भक्तजनमाथि सदैव आफ्नो कृपादृष्टि बनाई राख्नुहुन्छ भन्ने विश्वास पनि छ ।
आजको दिन पनि धेरै योग छ तर सबभन्दा ठूलो योग हनुमानजीको मंगलबारकै दिन जयन्ती भएकोले यसको महत्व बढन गएको हो । हनुमानजीको जन्मको तिथिमा पनि दुइवटा भएको अवस्था देखिन्छ । जसमध्ये पहिलो आजको दिन चैत पूर्णिमा हो भने दोश्रोमा कार्तिक कृष्ण पक्षको चतुर्दशी हो । यो प्रमाण वाल्मीकी रामायणमा उल्लेख भएको पाइन्छ । शनिवार र मंगलबार हाम्रो तराई परिवेशमा हनुमानजीको पूजा गर्न हनुमानजी आराधना गरिन्छ । हनुमानजीको पूजा, अराधना सर्लाहीमा बढी हुने गरिएको पाइन्छ । त्यस जिल्लाभित्र हनुमानजीको मन्दिर पनि बढी नै बनाइएको पाइएको छ । जसमध्येको एक प्रशिद्ध मेला हो बलरा नगरपालिकाको सुदामामा लाग्ने महावीरी झण्डा मेला ।
बलराको नामकरण नै बजरंगबली, लक्ष्मण र रामको नामबाट भएको मान्यता स्थापित हुंदै गएको छ । बजरंगबलीको ब, लक्ष्मणको ल र रामको रा मिलेर बलरा भएको हो रे । यस क्षेत्रमा प्रचलनमा रहेको एक मिथकअनुसार जब लक्ष्मणलाई शक्तिवाण लागेको थियो र हनुमानजीलाई संजीवनी बुटी लिन पठाइएको थियो । हनुमानजी संजीवनी बुटीसहितको पहाड लिएर मध्यरातमा लंकातिर जांदै हुनुहुन्थ्यो आकाशमार्ग भएर । राति वहांलाई प्यास लाग्यो र बागमती नदीमा पानी खान ओलिनु भयो । पानी खान ओर्लिएपछि स्थानीयले देखेका थिए । स्थानीयले देखेपछि हनुमानजी ओर्लेको ठाउंको नाम नै त्यसैबाट विस्तारै प्रचलित हुन पुग्यो । त्यहां धेरै मानिस आउन थाले र बजरंगबली, लक्ष्मण तथा रामको बारेमा प्रचार हुन थाल्यो । यस क्षेत्रमा यसप्रति विश्वास राख्नेहरु अद्यपर्यन्त धेरै छन् ।