बैशाख १९ गते
नेपालको ताजा राजनीति अहिलेअति रोचक हुन पुगेकोछ। लाग्छ कुनै ड्रामा भइरहेको छ । दर्शक ९जनता० हरू पनि कौतुहलतापूर्वक यो ड्रामाहेर्दै छन। तर यो ड्रामामा रामलिलाको जस्तो पहिले नै अब यो दृश्य आउने छ भनी पूर्व घोषणा गर्न सकिने स्थिति भने छैन। यो राजनीतिक ड्रामामा ज्यादै अप्रात्यासित दृश्य पनि आउन सक्ने अवस्था छ। त्यसैले पनि ड्रामा रुपी नेपालको ताजा राजनीति अहिले रोचक एवं कौतुहलपूर्ण हुन पुगेको छ। एकदमै नसोचिंएको दृश्य यो नाटकमा झ्वाट्ट आएर दर्शक तिनछक्क पर्ने स्थिति पनि हुन सक्छ।
तर एक थरी यस्ता पनि दर्शक वा बुद्धिजीवीहरू छन जसले यो राजनीतिक नाटक रोचक वा कौतुहलतापूर्वक छ भनी मानिरहेका छैनन। उनीहरूको भनाइ अनुसार नेपाली राजनीतिमा अहिले देखिएका ताजा दृश्यहरू प्रत्यासित हुन। अनौठो वा नौलो होइनन। उनीहरूको विचारमा नेताहरूमा स्वार्थले नहट्ने गरि डेरा गरे पछि नेताहरूले गर्ने व्यवहार यस्तो हुन्छ नै। स्वार्थी र अनुभवहीन नेताहरूको भीड समाज र संसदम भए पछि यस्तो हुनु अस्वभाविक होइन।नेताहरूले देशलाई बर्वाद गर्ने गरी पनि अनेक किसिमका राजनीतिक कार्यहरू गर्न सक्छन, कुनै समयमा युगान्डामा इदी अमीन र लिबियामा मुअम्मर गद्दफीले गरे जस्तो। जिम्बाब्वेमा रोबर्ट मुगाबीले गरे जस्तो। सन् १९७० तिरको कुरा हो। जिम्बाब्वेमा अल्प संख्यक स्वेत ९गोरा० हरूको हातमा देशको शासन व्यवस्था रहेको थियो। अर्कोतिर वहुसंख्यक अस्वेत ९काला० हरूलाई शासन व्यवस्थाबाटअलग राखिएको मात्र थिएनन, देशको स्रोत एवं साधन ९भूमी र खानी० हरू को उपयोगबाट पनि उनीहरलाई अल्पसंख्यक गोराहरूले बञ्चित समेत पारेका थिए। यस्तो स्थितिमा कालाहरूलाई गोराहरूबाट मुक्ति दिलाउन काल नेता रोवर्ट मुगावीले गोराहरूको विरुद्धमा भएको आन्दोलनको सक्रय एवं प्रभावसाली नेतृत्व गरे। उनको नेतृत्वमा भएको आन्दोलनले गोराहरूलाई जिम्बाब्वेको सत्ताबाट सदाको लागि निकाल बाहर गर्यो। यो नया परिवर्तनले जिम्बाब्वको राजनीतिमा रोबर्ट मुगावीलाई शक्तिको केन्द्रमा पुर्यायो। उनी सन् १९८० मा जिम्बाब्वेको प्रथम प्रधान मन्त्री पनि भए। मुगावी अति नै शक्तिशाली भए। त्यति मात्र होइन, मुगावीले कुनै राजा महाराजाझै जिम्माबाब्वेमा लगभग चालिस वर्षसम्म राज गरे। हरेक चुनावमा उनी विजयी हुन्थे। भन्ने हो भने एक किसिमले देह त्याग गरुनजेलसम्म उनी शक्तिको केन्द्रमा रहे। लामो समयसम्म ९सन् १९८७ देखि २०२१७० जिम्बाब्वेको राष्ट्रपति भए। अचम्म त के कुरा को छ भने काला जातीलाई मुक्ति दिलाउन आएका मुगाबीले कालाहरूमाथि नै४० वर्षसम्म क्रूरशासन गरे।
अहिले नेपालको राजनीतिमा पनि जिम्बाब्वेको जस्तै स्थिति देखिएको छ। पञ्चायती व्यवस्थाको कालो शासनबाट मुक्ति दिलाउन आएका नेता ९कम्युनिष्ट, कांग्रेस लगायत सबै साना ठूला दलका नेता०हरूले पञ्चायती व्यवस्थाको पतन त गराए तर पञ्चायती व्यस्था भन्दा पनि कोलो शसन व्यवस्था नेपालमा ल्याउन उनीहरू उद्धत भएको देखिएको छ। कुनै बेलामा पञ्चायती व्यवस्थाको विरुद्धमा एकजुट भएर संघर्ष गर्ने नेताहरूल अहिले एक आपसमा कुटाकुट गरिरहेका छन, सत्ता हथ्याउनका लागि अनेक षणयन्त्र, धोखाधडी गरिहेका छन। मुगावी जस्तै यी नेताहरू पनि सत्ता र कुर्सी छाड्न तयार छैन। बरू सलील, अस्लिल, मर्यादित, अमार्यादित कार्यहरू गरेर भए पनि कुर्सी र पद छाड्न तयार छैनन। यी नेताहरू पनि मुगावीको राजनीतिक दर्शनबाट अति नै प्रभावित एवं प्रेरित हुन पुगेको देखिएका छन।
नेपालको राजनीति यस्तो हुनुमा एकथरी बुद्धिजीवीहरू जनतालाई दोष दिन्छन। जनताले नै सत्ता लोलुप नेताहरूलाई निर्वाचित गरेर पठाएको र इमन्दार नेताहरूलाई विजयी नगराएकोले यस्तो स्थिति उत्पन्न भएको उनीहरूको विश्वास रहेको पाइन्छ। हुन पनि निवार्चनको समय मतदाता एवं राजनीति दलका कार्यकर्ताहरूले त्यस्ता नेताहरूलाई चुनावमा विजयी गराउन तन, मन र धनले लागेको पाइन्छ जुन नेताले उनीहरूको काम गरिदेओस। उनीहरूलाई फाइदा पुर्यायोस। अर्थात मतदाताहरूले ‘राम्रा नेता’ होइन ‘हाम्रा नेता’ लाई चुनवामा विजयी गराउँ छन। अर्कोतिर मतदात एवं कार्यकर्ताहरूको विशेष प्रयासमा नेताहरू चुनावमा विजयी भएको हुनाले नेताहरूले देशको लागि काम गर्नु भन्दा पनि आफ्ना ती कार्यकर्ता एवं मतदाताको कार्य गर्नमा जोड दिन्छन जसले उनीहरूलाई निर्वाचित गरेर संसदमा पुर्याएका हुन्छन। यसरी एकातिर मतदाताहरूले राम्रा होइन हाम्रा नेतालाई निर्वाचित गर्ने अर्को देशको सेवा भन्दा केवल मतदाता ९मुख्य गरी कार्यकर्ताहरू० को सेवामा नेताहरू केन्द्रित हुनु पर्ने विवसता नेताहरूमा भएकोले ‘हाम्रा नेता र देशमूखि होइन कार्यकर्तामूखि नेता’ को गोल चक्करमा नेपालको राजनीति फंस्न पुगेको छ। यो गोल चक्करले नेपालको राजनीतिलाई दुषित पारेको छ। अनिश्चित पारेको छ। र यो गोल चक्करबाट नेपालको राजनीति बाहिर आउन लामो समय लाग्ने देखिएको छ। नेपालको राजनीतिलाई सदा अस्थिर तुल्याउनमा मदतादाहरूको भूमिका महत्वपूर्ण रहेको छ भनी विश्वास गर्ने वुद्धिजीवीहरूको संख्या पनि ठूलो छ।
एकथरी बुद्धिजीवी भने नेपालको राजनीति ज्यादै अस्थिर र अनिश्चित हुनुमा नेताहरूमा अनुभवको कमी रहेको स्थितिलाई जिम्मेवार देख्छन। माधव नेपाल देखि शेरबहादुरसम्म, महन्त ठाकुरदेखि राजेन्द्र महतो सम्म सबैमा राजनीति अनुभव कम रहेको ती वुद्धिजीवीहरूको विश्वास रहेको पाइन्छ। पुष्पकमल दहाल नेता नभएर केवल लडाकू मात्र भएको र त्यस्तोनेता ९दहाल० वा लडाकू कुनै एक खास स्थितिको लागि मात्र उपयोगी हुने तथा सर्वकलानी राजनीतिका लागि त्यस्ता नेता उपयोगी नहुने पनि ती द्धिजीवीहरूको विश्वास रहेको पाइन्छ। नेपालमा लडाकू नेताहरूको संख्या पनि बाक्को छ। समग्रतामा नेपालका नेताहरूमा अनुभवको ज्यादै कमी रहेको भनी ती वुध्जीवीहरू बलियो किसमले विश्वास गर्छन।
नेपालको राजनीति ज्यादै अस्थिर हुनु, एक दलको मात्र वहुमत हुँदा पनि सकार टिकाउ हुन नसक्नु, निर्वाचित प्रधान मन्त्रीहरूले दुई वर्ष पनि ९पूर्ण कार्यकालको ० काम गर्न नपाउनु, दलहरू बिचमा ठूलो मतभेद रहनु, राष्ट्रिय राजनीति सदा सर्वदा अनिश्चित रहनुको खास कारण के होला तरु आउनु होस यस विषम केन्द्रित रहेर कुरा कुरा गरौ।
नेपालको राजनीति सदा सर्वदा अनिश्चित एव अस्थिर हुनुको प्रमुख कारण भने नेताहरूमा इमान्दारीको ठूलो अभाव रहनु हो। नेताहरूमा यदि इमान्दारी आउने हो भने, सबै नेताहरूले मिलेर देशको विकासका लागि कार्य गर्ने हो भने नेपालको राजनीति तत्काल स्थिर हुन पुग्छ। अहिले नेपालको राजनितिमा देखिएको अनिश्चितता नेताहरूमा इमान्दारीको कमीले गर्दा नै हो। नेपालका नेताहरूमा इमान्दारी नहुनु नै अहिलेको लागि राष्ट्रिय संकट हुन पुगेको छ।
यो राष्ट्रिय संकटको समाधान भनेको नै नेताहरूलाई इमान्दार तुल्याउनु हो। अब जनताले दवाब दिएर नेताहरूलाई इमान्दार हुन, मिलेर कार्य गर्न दबाब दिनु पर्छ।
नेताहरू इमान्दार हुनुका लागि सर्व प्रथम उनीहरूमा त्यागको भावना हुन जरूरी छ। सत्ता र शक्तिकोलागि मरिमेट्ने नेताहरूले अब आफ्नो त्यो बानी छाडेर देशको लागि त्याग गर्न तयार हुनु पर्छ। नेताहरूले त्याग भावना देखाउनु नै अहिलेको राजनीतिक संकटको उपयुक्त र दीर्घकालीन समाधान हो। यो कुरा जनता र नेता दुबैले स्पसष्ट गरी बुझ्न, मनन गर्न आवश्यक छ।
नेपालको राजनीतिमा इमान्दारीको सङ्कट— विश्वराज अधिकारी
