सप्तरी १९, वैशाख। सप्तरीमा मोटरसाइकल दर्घटनामा परी आज विहान एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनसार बिहीबार राति करिब १ बजेको समयमा पूर्व पश्चिम राजमार्ग स्थित सुरुङगा नगरपालिकामा एकजनाको मृत्यु भएको हो ।
नगरपालिकाको वडा नम्बर– ५ कुशहा जिनिस अस्पतालस्थित रोकिराखेको टिपरमा ठोकिएर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पठाइएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पुरुषको नाम, थर ठेगाना भने खुल्न नसकेको प्रहरी बताउँछ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन।