काठमाडौं,१९ वैशाख। भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा एक नेपाली विद्यार्थी मृत्यु फेला परेकी छन् ।
भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहले बिहीबार साँझ ७ बजेतिर प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए। उनले भने, ‘फोरेन्सिक र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो र घटनामा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ।’
प्रहरी आयुक्तले घटनाको बारेमा विद्यार्थीका अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको बताए। उनका अनुसार मृतक नेपालको वीरगञ्जका बासिन्दा थिए। उनले यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए।
यता, परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारले दिल्लीस्थित आफ्नो दूतावासमार्फत यस विषयमा निगरानी गरिरहेको बताएकी छन्। भारतका लागि नेपालका राजदूत डा. शंकर पी शर्माले प्रेशा शाहको निधनमा शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘हामी भारतीय विदेश मन्त्रालय, ओडिसा सरकार, प्रहरी र विश्वविद्यालयसँग सम्पर्कमा छौँ।’