नवीन यादव । सप्तरी । वैशाख १७ गते
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेकपा एमालेको व्यवस्थापन तथा राष्ट्रिय युवा सङ्घ नेपाल, कञ्चनरुप नगर कमिटी सप्तरीको आयोजनामा कञ्चनरुप १२ स्थित रहेको रुपनगर चौकमा ‘तपाईँको मास्क खोइ ? अभियान अन्तर्गत पाँच सय वटा मास्क वितरण गरिएको छ ।कोरोना भाइरसको विश्वभरि फैलिएको दोस्रो लहर (भेरियन्ट) कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि नेकपा एमाले, राष्ट्रिय युवा सङ्घ नेपाल कञ्चनरुप नगर कमिटी र वडा नम्बर १२ को आयोजनामा मास्क नलगाई हिँड्ने सर्वसाधारण, यात्रु, सवारी चालकलाई निःशुल्क मास्क वितरण गरिएको हो ।आज मास्क वितरण गर्दै सचेतना फैलाउने काम गरिएको र भोलिदेखि मास्क नलगाई हिँडडुल गर्नेलाई सचेत गराउने राष्ट्रिय युवा सङ्घ कञ्चनरुप नगर कमिटीका अध्यक्ष जैनुदिन मियाँले जानकारी गराउनुभयो ।
कोरोनाको दोस्रो लहर चलेको बेला दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न र मास्क प्रयोग गर्न सबैमा सचेतनाका लागि अभियान थालिएको उहाँले बताउनुभयो । त्यसैगरी कोरोना नियन्त्रणको अभियानमा सबै एक जुट भएर लाग्नु पर्नेमा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जोड दिनुभयो ।
राष्ट्रिय युवा सङ्घ नेपाल,कञ्चनरुप नगर कमिटीद्वारा मास्क वितरण