धर्मेन्द्र यादव । महोत्तरी । बैशाख २२ गते
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ कोरोना भाइरस कोभिड–१९ संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यलय महोत्तरीले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । गएको आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संंक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।उनले निषेधाज्ञा अवधिमा अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उलंघन गरे कारबाही हुने समेत चेतावनी दिए । एम्बुलेन्स, शववाहन, खाद्यसमाग्री, औषधी ÷ कुखुराको चल्ला ÷ पशुपंक्षीको दाना ÷ पानी ÷ दुध ÷ इन्धन ÷ फलफूल तथा तरकारी बोकेको सवारी साधनहरु, निर्माण समाग्राी ढुवानीका सवारी साधनचलाउन पाउने सवारी साधन ड्ड सरकारी नम्बर प्लेटको (दुई पांग्रे र चारपांग्रे) साधन, झण्डावाहक सवारी साधन, कुटनीतिक नियोगको सवारी साधन, प्रेस पास प्राप्त सवारी साधन ड्ड नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सर्बजनिक संस्थाका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्र लगाएर हिड्ने कर्मचारी सबार भएका सवारी साधनहरु ड्ड बैबाहिक कार्यक्रममा दुलाहा दुलही सबार सवारी समेत बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन चलाउन नपाउने सवारी साधन ड्ड सार्वजनिक यातायात (जस्तै बस, ट्याक्सी, जीप, टेम्पो लगायत) ड्ड निजी सवारी साधन (चारपांग्रे, दुई पांग्रे) खुल्ने सेवा ड्ड अत्यावश्यक सार्वजनिक सेवा (स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी आदि) ड्ड बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागु गरी संचालन गर्ने) नखुल्ने सेवा ड्ड अत्यावश्यक बाहेकका नियमित सेवा ड्ड सामाजिक संघसंस्थाका कार्य तथा सेवाहरु (स्वास्थ्य सुरक्षा बाहेक) खुल्ने व्यवसायहरु ड्ड औषधी तथा औषधीजन्य पसल ड्ड पट्रोल पम्प ड्ड खाद्यान्न, फलफूल, तरकारी, दुध÷डेरी, ग्यास पसल (बिहान ७ः००–१०ः०० र बेलुकी ४ः००–७ः०० बजेसम्म) नखुल्ने व्यवसायहरु ड्ड होटल तथा रेष्टूरेन्ट, व्युटी पार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर ड्ड उद्योग कलकारखाना समुदाय तथा व्यक्तिले अनिबार्य रुपमा पालना गर्नुपर्ने ड्ड विवाह, ब्रतबन्ध न्वारन, मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यक्रममा अनिबार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दुरी कायम गरी बढीमा १५ (पन्ध्र जना) मा सिमित भई सम्पन्न गर्ने, डी.जे. तथा ब्याण्ड बाजा नबजाउने ड्ड औषधि उपचार एबम् अत्यावश्यक कार्यमा बाहेक घरबाहिर ननिस्कने, निस्कनै पर्दा अनिवार्य रुपमा माक्स लगाउने, समूहमा नहिड्ने, भौतिक दुरी कायम गर्ने । ड्ड मठमन्दिरहरुमा पुजारीले नित्य पुजा बाहेक अन्य सामुहिक पुजा तथा बलि बन्द गर्ने, कुनै मेला महोत्सब नगर्ने । ड्ड हाट बजार नलागाउने, खेलकुद प्रतियोगता नगर्ने, सार्वजनिक स्थलमा जम्मा नहुने, भिडभाड नगर्ने ।