उपेन्द्र गोले । रौतहट ३० बैशाख ।
रौतहटको चन्द्रपुर नगर क्षेत्रका बैक तथा वित्तिय संस्थाहरुको कारोवार शुक्रबारबाट आलोपालो हुने भएको छ । कोरोना संकटका कारण नागरिकहरुको भिडभाड हुने गरेको जनाउदै भोलीबाट चन्द्रपुर नगर क्षेत्रका बैकहरुले आलोपालो कारोबार सञ्चालन गर्नु पर्ने चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिनु भयो । चन्द्रपुर नगर क्षेत्रमा रहेका नेपाल बैक, एभरेष्ट बैक , ग्लोबल आइएमइ बैक , सनराइज बैक , सिद्धार्थ बैक , कुमारी बैक , लुम्बिनि बैक , ज्योती विकास बैक , महालक्ष्मि विकास बैक , कृषि बिकास बैक , राष्ट्रिय बाणिज्य बैक र माछापुच्छ«े ब्रक आइतबार , मंगलबार र विहिबार ३ दिन खुल्ने प्रधानले बताउनु भयो । त्यसैगरि एसविआइ बैक , प्रभु बैक , नेपाल क्रेडिट एण्ड कमर्स बैक , एनवि बैक , एनआइसि बैक , सानिमा बैक , सिभिल बैक , नबिन बैक , मसक्तिनाथ बैक ,गरिमा विकास बैक , कामना बैक र गुहेश्वरी मर्चेन्ट बैक सोमबार , बुधबार र शुक्रबार ३ दिन खुल्लाउन आलोपालो राखिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।