आरके श्रीवास्तव । रौतहट । जेठ २५ गते
गरुडा नगरपालिकाको एक वार्डमा कार्यवाहक वडाध्यक्ष तोकिएको हो । सो नगरपालिकाको वडा नम्बर ७ पिपरियामा नयाँ कार्यवाहक वडाध्यक्ष तोकिएको गरुडा नगरपालिकाले जनाएको हो । यस अघिका वडाध्यक्ष रामइश्वर राय यादवको निधन पछि नयाँ वडाध्यक्ष तोकिएको जनाइएको हो । नयाँ का.वा. वडाध्यक्षको रुपमा राम शुन्दर पटेललाइ चयन गरिएको हो । जेष्ठताको आधारमा पटेललाइ वडाध्यक्षमा तोकिएको नगरपालिका स्रोतले जनाएको हो । एक कार्यक्रमका बिच का.वा. वडाध्यक्ष पटेलले कार्यभार सम्भालि सक्नु भएको वडा सचिव सिकेन्द्र ठाकुरले जानकारी गराउनु भयो । स्मरणियहोस् यस अघिका वडाध्यक्ष यादवको विभिन्न रोग बाट ग्रसित भएको कारणले यसै महिनाको पहिलो साता दुःखद निधन भएको थियो ।