स्मिथ रजक । गौर । जेठ २५ गते
रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले नगरमा विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढाएका छन । नगर प्रमुख मेहताले सडक ढलान, भौतिक पुर्वाधार निर्माण लगाएतका कार्य दु्रत गतिमा अगाडि बढाएका हुन । सधै नगरमा विकास भएको हेर्न चाहने र नगरलाई विकास कार्यमा अग्रपंतीमा ल्याउने सोच राखेका इशनाथ नगरपालिकाका मेयर मेहताले लाखौको लागतमा नाला निर्माण तथासडक ढलान कार्यको तिव्र रुपमा गराइ रहेका छन् । ईशनाथ नगरपालिका वडा नं. ९ डुमरिया टोलको कानु टोल देखि सोनार पटी डोल सम्म जाने बाटोमा लाखौंको लागतमा सडक ढलानको मेयर मेहताले गराइरहेका छन् । त्यस्तै इशनाथ नगरपालिकाको वडा नम्बर ५ जटहरा टोलमा १८ फिट चौडा सडक ढलान भइरहेको वहाँले बताउनु भयो । पछिलो समय मेयर मेहताले जनताको आवश्यक्ता, चाहना, इच्छा र आकांक्षा अनुसारको नै विकास निर्माणको काम गर्नथालेपछि नगरवासी हर्षित भएका छन । आफना लागि जनता नै भगवान भएकोले आफुले जनताको चाहना अनुसारको नै काम गर्दै जाने मेयर सन्तोष मेहताले प्रतिवद्धता जनाएका हुन । नगरको चौतर्फि विकास गरी नगरलाई एक समृद्ध र विकसित नगर बनाउने आफनो योजना रहेको मेयर मेहताले बताए । नगर प्रमुख मेहताको जनमुखी कार्यबाट नगरवासी निकै उत्साहित भएका छन ।