राजिव शाह–– सर्लाही,जेठ २५ गते
सर्लाहीको गोडैता नगरपालिका वडा न–१ बहादुरपुरमा सोमबार बिजुलीको तार सर्ट भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दिउँसो १ बजे तिर स्थानीय जगु साहको फुसको घरमा अचानक विजुलीको तार सर्ट भएर आगलागी हुँदा फुसको घर सहित घरमा भएको लत्ताकपडा, अन्नपात र अन्य सामानहरु जली पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उक्त आगलागीबाट नजिकै रहेको गोनउर महतोको फुसको घर समेत आंशिक रुपमा जलेको छ । आगलागीबाट साहको एक लाख ९० हजार रुपैंया तथा छिमेकी महतोको ३० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कुनै किसिमको मानवीय तथा चौपाया क्षति नभएको उक्त आगलागी स्थानीयबासी र सुरक्षाकर्मीको सकृयतामा नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।