आरके श्रीवास्तव । रौतहट । जेठ २७ गते
रौतहट जिल्लाको दुइ गाउँपालिका मध्ये एक गाउँपालिकामा नयाँ हाकिम लाइ आज बिहिवार हाजिर गराइएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकामा नयाँ हाकिम लाइ बिहिवार एक कार्यक्रमका बिच हाजिर गराइएको हो । गाउँपालिका अध्यक्ष अरुण कुमार साहले नयाँ हाकिमलाइ आज हाजिर गराउनु भएको हो । नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा दुर्गा भागवती गाउँपालिकामा प्रमानन्द पाठकले जिम्मेवारी सम्भाल्नु भएको हो । विहिवार करिब ४ः३० बजेको समयमा दुर्गा भागवती गाउँपालिका अध्यक्ष साहको उपस्थितिमा पाठकले प्रमुख प्रशासकीय अधिकृत पदमा नियुक्त हुनु भएको छ । वहाँ आयुर््वेदको कविराज बाट त्यसै गाउँपालिकाको पिपरा स्थित आयुर्वेद औषधालयमा सातौं तहको कर्मचारी हुनुहुथ्यो । अब वहाँ सोहि गाउँपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी पाउनु भएको हो । यस अघिका हाकिम जगत प्रसाद साहको ठाउँमा वहाँ आउनु भएको हो । पदभार ग्रहण पछि गाउँपालिकाका कर्मचारीहरु,जनप्रतिनिधीहरु, पत्रकारहरुले वहाँको कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । पदभार ग्रहण गरेपछि हाकिम पाठकले जनता र जनप्रतिनिधीको म्याण्डेड अनुसार नै आफू अगाडी बढने प्रतिक्रिया दिनु भयो । जनताको सेवाको लागि आफू हरदम तयार रहने बताउनु भयो । जिल्लाको कटहरिया नगरपालिका बाट प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाउनु हुने पाठक तेस्रो कर्मचारी बनेका हुन् । यस अघि कटहरिया नगरपालिका वडा नम्बर २ का सिकेन्द्र साह बारा जिल्लाको देवताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्भाली रह्नु भएको छ भने पाठक सोही वडावासी हुन् । त्यस्तै रौतहट जिल्लाको राजपुर नगरपालिकाको निम्ति प्रमुख प्रशाकिय अधिकृतको जिम्मेवारी बैजु ठाकुरले सम्भाली सक्नु भएको छ वहाँ चाँही कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरिया निवासी हुन् ।