स्मिथ रजक । गौर । जेठ २८ गते
कोरोना भाइरसको कहर कम भएसँगै रौतहटको इशनाथ नगरपालिकाका मेयर संतोष मेहताले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन । नगर प्रमुख मेहताले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण लगाएतका कार्य धमाधम गराउन थालेका छन । नगर प्रमुख मेहताले सडक, पुर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिएका छन । मेयर मेहताले इशनाथ नगरपालिका ६ मोतिपुर देखि वडा नम्बर ८ र ५ सम्ममा लाखौको लागतमा सडक ढलान गराउन लागेका हुन । लामो समयदेखी उक्त सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर मेयर मेहताले मोतिपुर गाउँदेखि जोकहा कबरगाह सम्म गाउँको मुख्य बाटोलाई ढलान गराउन लागेका हुन । सडक ढलान हुने भएपछि स्थानीयहरु उत्साहित भएका छन सर्वसाधारणलाई आवत जावत गर्न समेत सहज भएको छ । जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको मेयर मेहताले बताएका छन । जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने मेयर मेहताले बताएका हुन ।