रौशन चौधरी । रौतहट । जेठ २८ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा रहेका गुजरा खोलामा कजवे भेन्टेज निर्माण भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर ५ मा स्थित गुजरा खोलामा उक्त कजवे भेन्टेज निर्माण भइरहेको छ । कजवे भेन्टेज पुलको अभावमा उक्त भेगका मानिसहरु लाइ आवतजावत गर्न कठिनाइ भइरहेको थियो । वर्षौ देखि भोग्दै आएको उक्त समस्या अब हटने भएको हो । हरिहरपुर– कटानी –मैढा सडक खण्ड अन्र्तगत सो कजवे निर्माण हुन लागेको हो । कजवे भेन्टेज निर्माण भएपछि गुजरा नगरपालिकाको इश्लामपुर, हरिहरपुर,कटानी , मैढा सहित दर्जनौं गाउँका मानिसहरु लाभान्वित हुने छन् । आवतजावत गर्न सहज हुने भएपछि उक्त क्षेत्रका मानिसहरु हर्षित भएका छन् । गौतम ऋषि कन्सट्रक्सनले कजवे भेन्टेज निर्माण गर्ने जिम्मा लिएको हो । २०७६ सालमा सो कन्सट्रक्सनले ठेक्का साकार गरेको थियो । सो योजना २०७७ साल पुष १७ गते सम्म समपन्न गर्नुपर्ने थियो । तर कोरोना भाइरसको संक्रमणका कारणले काममा केहि ढिलाइ भएको सो कन्सट्रक्सनले जनाएको हो । उक्त कजवे भेन्टेज निर्माणको सम्पूर्ण काम यसै आर्थिक वर्ष भित्रमा सम्पन्न हुने कन्सटक्सनका मालिक ब्रह्मनारायण यादवले बताउनु भयो । सो योजनामा पोहोर सालको बाढीले पनि कन्सट्रक्सनलाइ घाटा पुर्याएको थियो । दैविप्रकोप र कोरोनाको मारमा परेपनि काम चाँहि गुणस्तरीय रुपमा अगाडी बढाइरहेको कन्सट्रक्सनले दाबी गरेको छ ।