अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने ५ टिपर प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २९, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने ५ टिपर प्रहरीको नियन्त्रणमा


राजेन्द्र महतो लहान जेठ २८ गते ।
सिरहा मा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले ५ टिपर लाई नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजार नगरपालिका – ९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएकोइलाका प्रहरी कार्यालय गोलबजार का प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो । उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन भइरहेको जनगुनासोपश्चात प्रहरीले सक्रियता बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस