उपेन्द्र गोले रौतहट २८ जेठ ।
रौतहटको चन्द्रनिगाहपुरमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । नेपाल बिद्यार्थी संघ रौतहटले चन्न्द्रपुरको मुख्या चोकमा शुक्रबार बिहान सरकार बिरुद्ध चर्को नारा लगाउदै प्रदर्शन गरेका छन । प्रदर्शन कर्ताहरुले केपि ओलि राजिनामा दे , बहुल राज्य चाहिदैन , राजेन्द्र महतो राजिनामा दे , संसद विघटन फिर्ता गर , कोभिड खोपको तत्काल ब्यवस्था गर , रास्ट्रपतिको असंबैधानिक कदम खारेज गर,चुरे दोहन सम्बन्धी नीति खारेज,भ्रष्ट सरकार राजिनामा दे जस्ता नारा लेखिएको प्ले कार्ड सहित चन्द्रपुरमा नेपाल विद्यार्थी संघ रौतहटले प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघ रौतहटका अध्यक्ष देवराज कार्कीको नेतृत्वमा नेवि संघ जनज्योती बहुमुखि क्याम्पसका सभापति संगम श्रेष्ठ , सुमन गौतम , श्यामहरि चौलागाई , अधिकार लामिछाने , सुशिल अधिकारी लगायतका विद्यार्थी नेताहरुको सहभागीतामा सामाजिक दुरि कायम गरि सरकारको चर्काे बिरोध प्रदर्शन गरेका नेवि संघ रौतहटले जनाएको छ ।