वर्तमानकाल समाचारदाता । रौतहट । जेठ २८ गते
रौतहटमा कुखुरा कटरहरुले ग्राहकलाई ठगि गरिरहेका छन् । जिउँदो मूल्यमा किनेर दोब्बरमा बिक्रि वितरण गरिरहेको पाइएको हो । डिलरहरु सँग जिउँदो कुखुरा १७० मा किनेर ३२० रुपैयामा बिक्रि वितरण गरिरहेका छन् । वर्तमानकाल दैनिक सँग कुराकानी एक जना कटहरियाका स्थानिय उपभोक्ताले आफनो गुणासो गरेको हो । जिल्लाको चर्चित बजारहरु कटहरिया ,गरुडा,मौलापुर सहितका बजारहरुमा कुखुरा कटरहरु यसरी नै ठगि गरि रहेका छन् । सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ । कसैको पनि यतातिर ध्यान जान सकेको छैन् । कुखुरा व्यवसायी संघ रौतहटका अध्यक्ष रामबिनोद पाण्डेको मोबाइलमा फोन गर्दा मरेनि उठदैन् । खाद्द नियन्त्रणका रौतहट प्रतिनिधी सँग सोध्दा यो कालो बजारी ऐन अन्तर्गत पर्दछ वहाँले भन्नु भयो यस विषयमा रिर्पोटिङ गर्ने बताए । यो विषय तिर जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यान जान जरुरी रहेको देखिन्छ । रौतहटमा ब्रोइलर कुखुराको मासुको मूल्य कटहरुले बढाएका छन् । रौतहटमा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १५० फाइदा लिएर बिक्रि गरिरहेका छन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १५० र काटेर रु ३०० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा रु १७० सम्म र काटेको मासु रु ३२० मा बजारमा बिक्री भइरहेको छ । कुखुरा कटरहरुले सिण्डीकेट लगाएर ग्राहक र किसानलाई ठगदै आइरहेको नाम न बताउने शर्तमा एक जना व्यवसायीले बताए । बजार भाउमा एकरुपता ल्याउन र कालो बजारी हुन नदिन कुखुरा व्यवसायी संघ रौतहटले अहम भूमिका खेल्नु पर्ने देखिन्छ । तर यो नाम मात्रैको संस्था रहेको देखिएको छ । पछिल्लो समय यसका गतिविधिहरु निसकृय शून्य रहेका छन् ।