उपेन्द्र गोले रौतहट २८ जेठ ।
रौतहटमा निषेधाज्ञा खुकुलो हुने भएको छ । रौतहट लगायत मुलुकभर कोरोना संक्रमण दर घटदै गएपछि सरकारले विगत १ महिनादेखि हुदै आएको निषेधाज्ञालाई खुकुलो गर्ने भएको हो । निषेधाज्ञाको समय अवधिमा आम नागरिकहरुको जीवन पद्धतिमा प्रभाव पर्न गएकोले नागरिकहरुको दैनिकीलाई पुन सामान्य बनाउनका लागी निषेधाज्ञालाई खुकुलो बनाउदै लगिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । पछिल्लो पटक रौतहटमा गत जेठ २६ गतेबाट लगाइएको निषेधाज्ञा समेत केही खुकुलो पारिएको यादवको भनाइ रहेको छ । रौतहटमा अन्य दिनमा भन्दा केही दिन यता नागरिकहरुको चहलपहल पनि बढ्दै गएको छ । सुनसान देखिने रौतहटका ग्रामिण तथा शहरी क्षेत्रहरुमा विभिन्न ब्यावसायीहरु समेत आंशिक रुपमा खुल्न थालेका छन । रौतहटको चन्द्रनिगाहपुरमा रहेका पसलहरु पनि सञ्चालनमा आउन थालेका छन । कोरोना संक्रमणको जोखिम कम नभएकाले नागरिकहरुमा त्रास बढ्दै गएको छ ।