उपेन्द्र गोले रौतहट २९ जेठ ।
रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा नेकपा माओवादी केन्द्रले विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । पछिल्लो समय रौतहटको चन्द्रपुर नगरपालिकामा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छ । रौतहटका १८ स्थानिय तहहरुमध्ये शनिबारको तथ्याङ अनुसार चन्द्रपुर नगरपालिकामा सक्रिय संक्रमितको संख्या १५५ जना रहेका छन । कोरोना संक्रमण दर घट्दै गएको भएपनि चन्द्रपुर नगरपालिकामा भने संक्रमण दर घट्न सकेको छैन । चन्द्रपुर नगरपालिका क्षेत्रमा कोरोना जोखिम यथावत रहिरहेकाले शनिबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज भट्टराई समिरले चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीलाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । शनिबार अस्थायी कोरोना अस्पताल चन्द्रपुरलाई नेकपा माओदी केन्द्रले अक्सिजन सिलिन्टर १ थान , अक्सिमिटर १७ थान , पिपिसेट १२ थान , गाउन ६ थान ,थर्मगन १ थान , मास्क २ प्याकेट , ग्लोब्स १ प्याकेट , एन्टिजेन किट ५० थान , एनाइटीफाइव मास्क २० बोक्स , सेसनटाइजर ५ लिटर र १ थान थर्मो गन लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य युवराज भट्टराइ समिरले बताउनु भयो । कोरोना भाइरस नियन्त्रण तथा बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको केन्द्रिय सदस्य भट्टराइले बताउनु भयो ।