राजिव शाह– सर्लाही ३० जेठ
सर्लाहीमा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण भैरहेको छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यपारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् । सर्लाहीमा दैनिक उपभोग्य बस्तु दाल ,चामल, चिनी,तेल प्याज र कुखुराको मासुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको सदरमुकाम मलंगवाका स्थानीय राकेश चौधरीले बताए । सर्लाही गत बैशाख २५ गते देखि निषेधाज्ञा जारी क्रममा उपभोक्ता ठगिएको गुनासो चौतर्फी बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले केही दिन अगाडि गरेको अनुगमन प्रभावकारी नहुदा स्थानीय ब्यापारीहरु उन्मुक्ति पाएको देखिन्छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको चेम्बर अफ कमर्सका मलंगवाका अध्यक्ष अमित आग्रवालले बताए । महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्नेलगायत गरे कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।