जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान हाम्रो विकासको क्षेत्रमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । जुनसुकै शासन वा जुनसुकै पार्टी किन नहोसु हामीले हेर्दै आएको भनेको असारे विकास नै हो । भनिन्छ कुनै काम मनले गर्दा पो काम सोचेअनुसारको र चाहेंअनुसारको गर्न सकिन्छ । काम गरे जस्तो ग–र्यो भने त के काम र के माम ? स्कूल हुदाँ सानैदेखि पढ्दै आएको कुरो “नेपाल अविकसित मुलुक हो ।” र यही कुरो सदैव हाम्रो दिमागमा बसेर ग–र्यो । साँच्चैं नेपाल अविकसित मूलुक हो वा हाम्रो सोच अविकसित हो ? यो कुरो राम्ररी बुभm्नु आवश्यक छ । हुन त विश्वमा नेपालजस्ता अरु पनि मूलुक नभएका होइन तर त्यहाँका ब्यक्तिमा नैतिकता छ आफ्नो राष्टप्रति, इमान्दारिता छ, आफ्नै कामप्रति जवाफदेहिता छ र केही गरुँ भन्ने सोच र जोस छ । हामी नेपाली राम्रो कामको नक्कल गर्न जान्दैनौ र खराब कामको सिको छिट्टै गर्र्छौैँ । त्यसैले पनि होला हाम्रो सोचअनुसारको हाम्रो उन्नति र प्रगति छैन किनभने जे राम्रो सोच्छौँ, त्यो गर्दैनौँ ।
नेपाल कृषिप्रधान देश हो र यहाँका अधिकाशं जनता कृषिमा आश्रित छन् । एउटा किसानको लागि सबैभन्दा महत्वपूर्ण समय भनेको अषाढ महिना नै हो । एक मुठी रोपेर हजारौं–हजार दाना फलाउने समय हो । त्यसकारण सारा किसान आ–आफ्नो काममा ब्यस्त हुनुपर्ने समय हो र अषाढ अर्कोतिर कर्मचारीहरु पनि आफ्नो काम छिटो–छिटो सक्ने चटारोमा रहेको बेला नेपालमा बाटोघाटो, भवन, तालिम, विजुली, बत्ती, नाला आदि बनाउने र काम सकिने हतार र छिटो छरितो कागत तयार पार्ने र फ्र्छौट गर्ने काममा मान्छेको भिडभाड देख्न सकिन्छ । बाटो पुर्ने नाममा माटो अछेता छरेजस्तो गरेर केही मान्छेको मिलोमतोमा काम सम्पन्न हुन्छ र विकास गरेको भनेर देखाउनका लागि पनि र भन्नका लागि हुन्छ । हो, बाटोमा माटो पुर्ने काम त भए पनि नभए पनि आफ्नो भँुडी भर्ने काम भने अवश्य भइरहेको हुन्छ । बाटोमा माटो पुर्ने नाममा त कत्रा–कत्रा बजेटहरु आजसम्म आए र गए । गाउँघरमा हिलो छँदैछ र कागतमा विकास भएको छ नै, रोकिएको छैन । बाटो ढलान गरिन्छ छ महिना नबित्दै फुटेर अर्को वर्षको योजनामा परिसक्छ । वर्षौ दिनसम्म काम नभएपछि के गरेर तलब खाएका होलान् ? जस्तो पनि कतिपयले प्रश्न गर्ने गर्दछन् । खाना खाजा र गाडीमा हाल्ने तेलको नाममा करोडौं बजेट पास हुने गर्छ । काम एक महिना मात्र असाढमा गर्ने र सुविधा बाँकी महिनाको पनि । कार्यालयहरुमा त यो पनि देखिन्छ जति–जति अषाढ बित्दै जान्छ पर्सेन्टेज उति–उति बढ्दै जान्छ । कति सजिलो भने कागजी प्रकृया पु–याए काम चल्ने । काम भए नभएको कसले अनुगमन गर्नु ? सबै ब्यस्त । सबैभन्दा पहिले कमिसनको कुरा आउँछ । कमिसन मिलेपछि जस्तोसुकै काम पनि ठिक र कमिसन नमिल्दा कसैले काम पाउँछु भनेर नसोच्दा पनि हुन्छ ।
देश समृद्व बन्नका लागि त्यहाँको जनताको मन, मस्तिष्क पनि सकारात्मक विकासको लागि उतिकै सकारात्मक हुनु आवश्यक छ । हामी विदेशको कुरो गर्छौ तर त्यहाँको अनुशासन, नीतिनियम, मान्छेको नैतिकता, लगनशीलता, जवाफदेहिता, सकारात्मक दृष्टिकोणजस्ता कुरालाई विचार गरेका हुँदैनौँ । भनिन्छ, कैयन यस्ता मुलुकहरु पनि छन् जहाँको संविधान हाम्रो देशको संविधानभन्दा आकारमा सानो छ तर हामीकहाँ जस्तो निरन्तर संविधानको विवाद आइरहँदैन । अहिले कार्यान्वयनमा रहेको संविधानलाई निर्माण गर्ने अधिकांश नेताहरु अहिले पनि सक्रिय राजनीतिमा हुनुहुन्छ तर पनि संविधानको विषयमा धेरै कुरा अस्पष्ट रहेको राजनीतिकर्मीहरुबाटै आइरहेका छन् ।
विकासको सन्दर्भमा नातावाद, कृपावादमा नपरी नीति र नियम तथा कार्यादेशले दिएसम्म गर्नुपर्छ, त्यो पनि स्वच्छ मनले । आफूले पाएको कामलाई प्राथमिकता दिएर लगनशील भएर इमानदारीपूर्वक गर्नुपर्छ । यसको ठीक उल्टो हामी कहाँ कामको मूल्याँकन गरिदैन हाम्रोको मूल्यांकन गरिन्छ । अरुहरुले गरेको सारा कामहरु गल्त र आफ्नाहरुले काम नगरेर कागतमै सिमित राख्दा पनि काम भएको मान्ने प्रवृति छ । आफैं–आफैंमा हानाहान छ चाहें कुर्सीको लागिहोस् वा बजेटको लागि । हरेक ठाउँमा धांधली छ ,चाप्लुसी छ र त्यस्तैको बोलबाला छ । सही काम गर्नेको मूल्याँकंन यहाँ गरिदैन । हरेक क्षेत्रको काम चाहें निर्माणका काम होस्, शिक्षा,स्वास्थ्य वा अन्य कुनै पनि काम किन नहोस् अर्काका लागि नियम छ आफ्न्तका लागि प्रकृया कागतमै छ । अझ स्थानीय तहमा नियुक्तिको कुरा हेरौँ न । नियुक्ति पाएको छ, कहिल्यै अफिस जानु पर्दैन, कुनै काम गरेको देखिँदैन तर निरन्तर तलब खाइरहेका छन् । सम्भवतः यसै कारणले होला, कतिपय स्थानीय तहले कुनै पनि हालतमा आफ्नो पालिकामा करारमा कति कर्मचारी छन् भनेर न त संख्या नै सार्वजनिक गर्छन् र न त नाम नै सार्वजनिक गर्छन ।
जुन जोगी आए पनि कानै चिरेको भनेझैं गरिब जनताका लागि कुनै पार्र्टी, कुनै सभा समारोहले केही फरक परेको देखिएको छैन । आदर्श, नीति, सिद्धान्त र दलको कुरा आदि कति कुरा होलान् तर वास्तवमा देशमा रहेको स्थानीय सरकारहरुमध्ये कुनै दलको नेतृत्वमा रहेको पाँच पाँच वटा आदर्श सरकार घोषणा गर्लान् जहाँ तिनको दलको नीति, कार्यक्रम र आदर्श नमुना बनेको होओस् । सम्पूर्णतः पारदर्शी खर्च रहेको होओस् ।
सर्वसाधारण गरिब नागरिक जबसम्म मिहिनेत, मजदुरी गर्दैनन् तबसम्म उनीहरुको पेटमा अन्न पर्दैन, झुपडीमा बत्ती बल्दैन । भोट माग्ने बेलामा नानाथरिका नारा लगाउने र जितिसकेपछि आफूले गरेका ती सारा वाचाहरु बिर्सिने बानीले गर्दा नै हामी पछाडि परेका छौ ं। कहिलेसम्म यसरी जनताहरु ठगिने होलान् ?
हाम्रो देश गरिब होइन हाम्रो सोच गरिब हो । जबसम्म हामी आफ्नो सोच परिर्वतन गर्दैनौ तबसम्म यस्ता असारे विकासहरु आइरहन्छन् र गइरहन्छन् । हामीसित पनि सबथोक छ खनिज, दक्ष जनशक्ति, ऊर्जा, सुनका बालार्झै अन्न फल्ने अन्नको भण्डार तराई, यार्सागुम्बा जस्तो जडिबुटी सबथोक छ हामीसित मात्र त्यसको सही प्रयोगको आवश्यकता छ ।
देशमा बेरोजगारी समस्या बढ्दो छ, कोरोनाले देशको अर्थतन्त्र अस्तब्यस्त भएको छ, गरिब खान नपाएर मरिरहेका पनि छन्, उपचार नपाएर छटपटिरहेका पनि छन् । गाउँघरमा विकासको खाँचो छ, कहिलेसम्म अरुको मुख ताकेर बस्नु ? हामी आफैं सक्षम हुनुपर्छ, हाम्रो आफ्नै गौरवको इतिहास छ, वीर पूर्खाले दिएका बलिदानको कदर गर्दै देशको मान, सम्मानका लागि हामीलाई एकजुट हुनु आवश्यक छ, हाम्रो स्वभिमानका लागि एकजुट हुनु आवश्यक छ । समयसँग हामी पनि परिवर्तन होऔ र हाम्रो सोच पनि परिवर्तन हुन आवश्यक छ । विकासको काममा सबैको विचार बुझेर कागतमा होइन काम गरेर देखाइ जनताको मन जित्ने प्रयास हुनु पर्छ । राम्रो तरिकाले गरेको काम दीर्घकालीन हुनेहुदाँ हामी असारमै पानीको मौसममा हतार–हतार किन ? अन्य समयमा पनि हामीले जनसहभागितामूलक ढंगले कामलाई बढाऔँ । हामीसित पुग्ने हरथोक छ त्यसैले यसको सही प्रयोगमा जोड दिऔँ । अहिलेसम्म गर्दै आएका कामको कमीकमजोरी छुट्याऔं र त्यस्ता गल्तीहरु नदोहोरिनका लागि हामीसित भएको पर्याप्त समयमा काम गर्ने बानीको विकास गराँैं । सहभागीतामूलक विकास नै दिगो विकास हुने भएकाले हामी यसमा ध्यान दिऔँ । हाम्रो होइन राम्रोमा जोड दिऔँ । आफू जन्मेको, हुर्केको देशप्रति कसको माया नहोला र ?
देशलाई शिरमा राखी, देशको मायालाई मुटुमा राखी हामीले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने बाटोमा अगाडि बढ्न थाल्यौँ भने यस देशले सबै क्षेत्रमा काँचुली फेर्नेछ र यस देशको नाम विश्वमा सगरमाथाजस्तै विश्वको सर्वोच्च गर्वको देश बन्नेछ ।