“अस्तिसम्मझुत्रो म्याक्सीलगाएर चोक आउँथी हेर हेर अहिले पारा”आँखा रमुखनचाएर बाटोतर्फ हिँडिरहेकीमहिलालाई इङ्गित गरेर एउटीले इशारागरिन् फरक्कफर्केर हेरेर अर्किले सहमतिजनाइन“ त्यै त ! ” तेस्रीले ओठ लेप्राउँदै भनिन्
“अँफलानासितगाइँगुइँ सुनिन्छ ”
“होला के ।”
सबैले सहमतिजनाए ।
केहीवर्ष अगाडिको घटना हो । पसलमा सामग्रीकिन्नपालो पर्खेर बसेकीथिएँ । सोहीपसल अगाडि भएर हिँडिरहेकी एउटी परिचितमहिलाको बारेमागरिएको कुराकानीको सानो अंशमात्रहो यो । त्यो पल सम्झँदाअझै पनि मन बिथोलिरहन्छ । अचम्म के भने ती कुराकानीमा संलग्न सबै महिलाथिए । जसको कुराकानीगरिएको थियो ती परिचितमहिलाआफ्नै बलबुताले संघर्ष गरेरजिविकोपार्जन गरिरहेकीथिइन् । व्यवसायिकजीवनमाहासिल गरेको सफलतासँगै उनको पहिरनमा परिवर्तन आउनु सामान्य कुराथियो । तर त्यस्ता सामान्य कुरालाई अतिरञ्जित गरेर असामान्यबनाइएका कैयनउदाहरण हाम्रा सामु छन् ।
सरकारी अफिसमाकार्यरत एकजनामहिलामित्र छिन् । निर्धक्कआफ्ना कुरा सबै सामु व्यक्त गर्छिन् । आफ्नो कामकालागि कोही दोस्रो व्यक्तिलाई गुहार माग्दिनन् । जतिसुकै उच्चओहोदाकाव्यक्तिसँगपनिआफ्नो विचार प्रष्ट राख्न सक्ने भएकोले कार्यालयमाउनको राम्रो प्रभाव छ । तर आफू आफ्नै रागले मरिच झैँखुम्चिरहेका असन्तुष्ट सहकर्मी छन् जो उनको नामसँगअरुनामहरु जोडेर तृप्त हुन्छन् ।
पढाइमाअब्बल छात्रा थिइन् । विद्यालयकाभित्ता र बाटोका ढुङ्गाहरुमा ती छात्राको नाम फरक फरक केटाहरुको नामसँगजोडेरलेखिएको पाइयो । हावानचलीकहाँपात हल्लिन्छ ? सोहीलाई आधार मानेर अरुले व्यवहार गर्न थाले । घरमा समेत गालीखाइन् ।परिवारले उनका कृयाकलापमानिगरानीगर्न थाल्यो । त्यो घटनाले ती छात्रालाई लामोसमयसम्ममानसिक आघात पर्यो । पछि बुझ्दाथाहालाग्यो उनकै कक्षाका एक केटाले प्रेम प्रस्तावअस्विकार गरेको निहुँमा सो कृयाकलाप गरेको रहेछ । पातहल्लिनकुनै मुर्खलेहाँगालाई जोडले हल्लाएपनि पुग्छ । यत्ति कुरा कहिले बुझ्छौँ हामी?कहिलेसम्म एउटा हातमाफूल र अर्को हातमा तेजाबबोकेरउभिएका मुखुन्डाधारीहरुको पक्षपोषण गरिरहन्छौँ ?
कामविशेषले कुनै पुरुष सहकर्मीसँग दुईदिनमात्र सँगै यात्रागर्नुस् , फेसबुक मेसेन्जरमाकुनै प्रसङ्गमा कोहीपुरुषहरुसँग लामो बहस या कुराकानीगर्नुस् , बाटोमाहाँसेर बोल्नुस् , सार्वजनिक वृत्तमाआफ्नाविचार स्पष्ट व्यक्तगर्नुस , चियापिउनकालागिमात्रकुनै पुरुषसँग सँगै केहीमिनेट गफिदै उभिनुस , पेशागत या व्यवसायिकजीवनमा सफलबन्नुस्, आफ्ना रहरकाकपडा लगाएर हिँड्नुस् मानिसहरुकानजर तपाईंका पछि पछिलाग्न थाल्छन । तपाइँको चियोचर्चो गर्न सुरु गरिहाल्छन् । र तपाइँकोचारित्रिक प्रमाणपत्र तपाईँ पुग्नु अगावै तपाईं पुग्नुपर्ने ठाउँमा पुगिसक्छ किनभने तपाईं महिलाहो ।
अझैपनिहाम्रो समाजलाई महिलाको सफलजीवन सह्य भएको छैन् । चाहे निम्न परिवारका श्रमिकमहिलाहुन ,चाहे सामान्यपरिवारका गृहिणी या हुनकामकाजी र उच्चओहोदामापुगेका महिलाहरु । हामी सबैको नियति एकै छ । उस्तै छ । अझएकलमहिलालाई त पाइलापाइलामा काँडा बिछ्याइएको छ ।
राष्ट्रियसभा सदस्य कोमलवलीले राष्ट्रियसभाको बैठकमा बाँदर शीर्षकको व्यंयात्मककवितावाचनगरिन् । उनले वाचनगरेको कविताथियो तर आलोचनागर्नेहरुले कविताको भाववा अर्थमाप्रश्न उठाएनन् । कोमलवलीकानितान्त वैयक्तिक पाटाहरुलाईउचालेर खिल्ली उडाउने काम गरे । एक जनापत्रकारले त एक एकव्यक्ति स्थान समेत तोकेर स्टाटस राखे । आशा गरौँ यसविरुद्धपक्कै कानुनी कारवाही अगाडि बढाइनेछ । यसअघि रघुजी पन्तले पनि यस्तै विवादितअभिव्यक्तिदिएकाथिए र फेरि यो खालकोपरिस्थितिनदोहोरिएलाभन्न सकिन्न ।
हामी यस्तो समाजको जगमाउभिएका छौँ,जहाँमहिलालाई कमजोर निहत्थाभनेर बुझाइएको छ । महिलाअसहायहुन , महिलाबिचरी हुन , यिनीहरुलाई उभिन कसैले टेको लाइदिनुपर्छ हिँडन कसैले डोराइदिनुपर्छ । यहीमानसिकताबोकेर छरिएका झुण्डहरु छन्जसले महिलाहरुलाई बिचरी मात्र देख्छन् । कमजोर मात्र देख्छन् । कठपुतला देख्छन् र त उनिहरुको नजरमाकमजोर ठानिएकीत्यही बिचरी केटी , कमजोर आइमाई जब आफ्नै बलबुता र संघर्षले दरिलाखुट्टाबनाएर जमिनमा टेकेर ठिंग उभिन्छे ,आफ्नै खुट्टाको भरमायात्रागर्न थाल्छे ,आफ्नो अधिकारका लागिआवाज उठाउन खोज्छे ,समाजकाविकृत पक्षकाबारेमाबोल्न खोज्छे । तब तिनीहरु काँप्न थाल्छन् । उनिहरुको अहमको जग यसरी हल्लिन्छ कि आफैलाई उभ्याउनपनित्यो महिलामाथि अनेक आरोप रलान्छना लगाएर चरित्रमाथिप्रश्नचिह्न खडा गर्न थाल्छन् । अनि पछि पछिअर्को जमात छ वास्तविकतानबुझीहो माहो मिलाइदिन्छ ।
कतै कुन्ठा कतै जलनबोकेर उभिरहेका यस्ता पात्र र प्रवृत्ति नै हुनजसले महिलाको चरित्रमाथिप्रश्न उठाएर महिलाकायात्राहरुमातगारो तेर्साउने काम गरेका छन् । महिलाकामनस्थितिलाई कमजोर बनाएका छन् ।
घरदेखि ४२ किमी टाढा सदरमुकाममाकार्यालयको कामको शिलशिलामापुगेकी म आफैलाई सोहीकार्यालयमा भेटिएकासमकक्षी पुरुषमित्रले सोधे “एक्लै ?”
मअचम्म परेँ । मनमनै लाग्यो जागिरे मान्छे अफिसमाआएकी छु । कसलाई लिएर आऊँ? केहीनबोलीउनलाई हेरेँ । उनीपनि त एक्लै थिए ।“हजुरको को साथी छ र ?” मेरो प्रश्नले अचम्मितहुँदै भने “े त्यत्रो टाढाबाट लेडिज एक्लै आउनुभएछ भनेर नि ! ”े
कसैले एक्लै भनेर प्रश्न सोध्छ भने त्यसलाई सामान्य सोच्ने बेलाहोइन यो । एक्लै ? यो प्रश्नमात्रहोइन । व्यङ्ग्य हो ।अविश्वासहो । अनि सम्भावित हिंसाको सुरुवातपनि ।
हामीमहिलाहरुले घरायसीकामकाजमामात्रसिमित नरहेर अन्य कृयाकलापमा सहभागिताजनाउनथालेको धेरै भएको छैन । पितृसत्तत्मकजगको प्रभावहामीभित्रपनि यसरी गडेको छ कि हामी ३२ लक्षणले युक्तबन्ने प्रयासमा हरदम हुन्छौँ । फेमिनिज्मको ज्ञान त छतर अनुशरण गर्न हिम्मत छैन । नआधुनिक न पुरातनबिचको मार्गमाउभिएर अलमल परिरहेका महिलाहरुकानिम्तिपनिचरित्रमाथिअनावश्यक टिका टिप्पणी हुनु भयङ्कर विषय भैदिन्छ ।
पछिल्लो समय मानिसहरु ज्यादाप्रतिक्रियावादी भैरहेका छन । सूचनार सन्चारका साधनहरुको प्रयाप्तउपलब्धता छ । जसकाकारण कोठामा बसीबसी स सानाकार्यक्रमहुन या ठुला घटना परिघटना हुनकति सजिलै नकारात्मक टिकाटिप्पणी गरिदिन्छन् ।विषयवस्तुको गहिराईमानपुगी क्षणिक आवेगमाआएर बोलेका या लेखिएका यस्ता कुराहरुले अरुको मनमाजीवनमा कस्तो फरकपार्छ त्यो बारेमा लेख्नु या बोल्नु अगाडि कसैले सोचेका छौँ त ?
हामीमानिस हौँ । यावतकमजोरी सहितकामानिस । हामी कोहीपनि पूर्ण छैनौँ ।एकाधमानिस बाहेक हामीअधिकांश ससाना सफलतामाउत्साहित हुन्छौँ त्यसैगरी ससानागल्ती या अप्ठ्यारामाहतोत्साहितपनि हुन्छौँ । बल्लतल्ल घरबाहिर निस्केर यात्राआरम्भ गरिरहेका बखतमहिलाहरुकाचरित्रकाबारेमाअनावश्यक टिकटिप्पणी गर्नु महिलाहरुको अग्रगमनको यात्रालाई बिथोल्न खोज्नु होइन र ।
एकातिर शारीरिक हिंसा , बलात्कार र हत्याका समाचारहरु छन् अर्कातिर महिलाको चरित्रलाई महिलामाथिनै प्रहार गर्ने निकृष्टहतियार बनाइएको छ यस्ता घटनाहरुले महिलाको आत्मबललाई कमजोर पारिदिएको छ । कतिपयअवस्थामा हिंसा सहनपनिबाध्यबनाइदिएको छ । किनभने जब यौनजन्य हिंसाहरुको कुरा उठछ अझैपनिमहिला नै दोषी ठानिन्छ ।
कोमलवली , विद्यादेवी भन्डारी या हाम्रो समाजकाअन्यमहिला । यीनिहरुमाथि पटक पटकलगाइने यस्ता लान्छना फगतलान्छना मात्रहोइन । छोरी कुटेरबुहारी तर्साउनव्यवहारको नमुना प्रस्तुतहो । ओ पोथीहो ! बासेर त हेर तिमीहरु ! भनेर दिएको चेतावनीपनि ।
महिलाहरु जुनसुकै ओहोदामापुगेका हुन् ।कामगर्नेशिलशिलामाआममानिसले झैँ गलतभएको हुन सक्छ । गलतभएको छ भने सो बारेस्पष्टीकरण मागौँ । प्रश्न गरौँ । आलोचना गरौँ ।प्रतिवाद गरौँ । असन्तुष्टि व्यक्त गरौँ तर महिलाभएकै कारण उनको व्यक्तिगतजीवन, नैतिकता र चरित्र हत्याहुने खालकाकुनै पनिभाष्यप्रयोग नगरौँ ।