विशेष गरी बच्चा जब तोते बोलि बोल्न थाल्दछ अनि उसलाई साना–साना अक्षरहरु सिकाउन थालिन्छ । बोलीको बिकाससँगै उसलाई अक्षर लेख्ने, अक्षर चिनाउने कामहरु पनि सँग–सँगै गरिन थालिन्छ । मानव विकासका चरणहरुमा गर्भवस्था, नवजात अवस्था, शैशवावस्था, प्रारम्भिक बाल्यावस्था,उत्तरवाल्यावस्था, यौवनावस्था, किशोरावस्था, पूर्ववयस्कावस्था, मध्यावस्था, वृद्वावस्था मध्ये सबैभन्दा बढी सिकाई हुने उमेर भनेकै बाल्यवस्था हो । बालबालिकाहरुले कुनै पनि कुराको छिट्टै नक्कल गर्न सक्ने भएकाले सिकाई पनि उत्तिकै तिब्र हुने गर्दछ । हामी कुरो गर्दैछौ माध्यमिक बिद्यालय उमेर समूहका बिद्यार्थीहरु र तिनीहरुको रेखदेखमा अभिभावक र शिक्षकको भूमिका अनिवार्य हुने कुरा । खासगरी यो उमेर समूहका विद्यार्थीहरुमा शारिरीक विकासका साथै मानसिक विकासमा पनि तिब्र वृद्विहुदै जान्छ र माध्यमिक विद्यालयतहको अन्त्यमा पुगेपछि यो विकासको वृद्विदरमा कमी आउन थाल्छ । बिस्तारै बिद्यार्थीहरुमा विकासात्मक कार्यहरुको रुपमा नयाँ ब्यक्तिगत तथा सामाजिक आकाङ्क्षाहरु स्थापित हुन पुग्छन् । त्यही विकासशील यौवनावस्थाको कारणबाट उनीहरु कहिले उत्साहित हुने, कहिले रिसाउने, झर्किने, कहिले उत्तेजक र भावुक हुने हुन्छन् । यस्तो समयमा उनीहरुमा बारम्बार उचित निर्देशन, सरसल्लाह र जीवनका वास्तविकताहरुको ज्ञान आवश्यक हुन्छ । विशेषगरी ११ देखि १५ वर्ष उमेर समूहका केटी र १२ वर्षदेखि १६ वर्षसम्मका केटाहरुमा उपर्यु्क्त विकासको निम्ति बाबु–आमा र शिक्षकको सकारात्मक भूमिका हुनु आवश्यक हुन्छ । यो अवस्थामा शारीरिक शक्ति र आकृतिमा आउने परिर्वता, पोसाक र अन्य छनोटका कुरामा आउने परिवर्तन, यौन र विपरीत लिङ्खप्रतिको आकर्षक, आमाबुवा र अन्य आफूभन्दा साना ठूलाप्रतिको व्यवहारमा परिवर्तन आउन थाल्छ । खासगरी माध्यमिक विद्यालय तहको उमेर भनेको वृद्वि तीव्रताको उमेर हो । यसवेला आन्तरिक शक्ति बढी खर्च हुने गई लोसे। बिरामीपन, संवेगात्मक तनाव, थकान, शक्तिहीनता, असजिलोपन र खानेबानीमा अनियमितता भई शरीरमा रगतको कमी समेत हुन सक्ने सम्भावना हुन्छ । यस्ता बेलामा उनीहरुको कुरो सुन्ने र बुझुने प्रयास गर्नु पर्दछ साथै सहानुभूति र समझदारीपूर्ण व्यवहार पनि गर्नुपर्दछ । यस्तो बेलामा उनीहरुमा दुःखीपना र बेखुशीपना आउने हुनाले यस्ता कुरामा अभिभावकले विचार पु–र्याउन आवश्यक छ । यस समयमा उनीहरुमा अन्योल, अपर्याप्तता र कतिपय अवस्थामा असुरक्षाको भावनासमेत पैदा गराउँदछ । यस उमेको केटाकेटीमा देखापर्ने भनेको नयाँ–नयाँ जोश जागर पनि हो । आफ्नो भविष्यप्रति चिन्तित रहनु र भविष्यमा के पढ्ने ? के गर्ने जस्ता सोच उनीहरुमा आउनु स्वभाविक हो र यस्तो निर्णयमा अभिभावक र शिक्षकले सही सल्लाह दिएर उनीहरुको बाटो सजिलो बनाइ दिनु पर्छ साथै उमेर अनुसारको विकासात्मक कार्यमा पोख्त बनाउनमा पनि अभिभावक र शिक्षकको भूमिका रहने गर्छ । उनीहरुको परिवर्तित व्यवहारप्रति सबैले माया, स्नेह देखाएमा उनीहरु खुशी पनि हुने गर्दछन् । अर्को महत्वपूर्ण कुरो भनेको यही अवस्था बौद्विक विकासको अवस्था भएकोले उनीहरुमा पर्याप्त माया, ममता र उपलब्धि प्राप्त गर्न सके सन्तुष्टि हुन्छन् । वौद्विक विकासका कार्यहरुमा सहभागी गराउने, विभिन्न तालिम, सेमिनारहरुमा पठाउनाले नयाँ कुराहरु सिक्ने अवसर प्राप्त हुन्छ ।
यस उमेर समूहका केटाकेटीहरुलाई न्यायिक कार्यहरुमा पनि लगाउनु पर्दछ । घर परिवारको काममा लगाउने, नैतिक रुपमा ठीक बेठीक छुट्याउन लगाउने जस्ता जिमेबारी पनि दिनुपर्दछ । उनीहरुमा देखापर्ने शारीरिक र मनोवैज्ञानिक समस्यामा सहयोग पु–याएर अगाडि बढ्न बाटो सरल बनाइ दिनुपर्छ । यस उमेर समूहका बालबालिकाहरुमा समाज, परिवार र देशको जिमेवारी काँधमा रहनाले देश बिदेशको घटना परिस्थितिसित पनि परिचित गराउने काम अभिभावक र शिक्षकको हो । त्यसकारण घर र विद्यालय दुबै ठाउँ उनीहरुका लागि ज्ञान आर्जन गर्ने ठाउँ भएको र उनीहरुका लागि सुरक्षित स्थान भएकोले गर्दा पनि बढि आत्मबिश्वासका साथ केही सिक्ने अवसर पाउन सक्दछन् । केटाकेटीहरुले राम्रो काम गर्दा उनीहरुलाई प्रोत्साहित गर्दै लग्नुपर्छ भने उनीहरुले नकारात्मक काम गरेमा त्यसलाई निरुत्साहित पनि गर्दै लैजानु अभिभावक र शिक्षकको अह्म भूमिका हो । उनीहरुकोमा नराम्रा कुनै बानी व्यवहार छ भने त्यसलाई सुधारेर असल बानीको बिकास गराउनु पर्छ । अहिले बढ्दै गइरहेको हत्या, हिंसा, बलात्कार, अपहरण जस्ता कुराहरुको बारेमा सचेत गराउन र आफ्ना छोराछोरीको संगत कस्ताहरुसित छ, उनीहरुको आनीबानी आदि कुराप्रति सचेत हुनु आवश्यक हुन्छ । मानवजीवनको सबै चरणमध्ये यो एक महत्वपूर्ण चरण हो । यस समयमा केटाकेटीहरुले राम्रो गर्न सके भोलिका दिनहरु उसका लागि राम्रो र खुशीको हुने र यस उमेरमा यदि कुलतमा लाग्यो भने त्यस्ताहरुलाई सुधार्न पनि धेरै नै गाहो पर्ने हुनाले अभिभावकहरु र शिक्षकको निगरानी कामहरु गर्न अति नै आवश्यक हुन्छ । विकास भन्ने कुरो जन्मदेखि नै शुरु हुन्छ । जब बालबालिकाहर किशोरावस्थामा पुग्छन् तब उनीहरुमा राम्रा नराम्रा कुरा छुट्रयाउने क्षमताको विकास भएसँगै उनीहरु आफ्ना साथीहरुको समान गुण भएको नभएको मूल्याङ्खन पनि गर्दछन् । ब्यक्तित्वले सामाजिक सम्बन्धमा खेल्ने भूमिकाबारेमा राम्ररी सचेत हुन्छन् र व्यक्तित्व सुधार्नेतर्फ उत्प्रेरित हुन्छन् । राम्रो तथा प्रसन्न ब्यक्तित्व निर्माणका तत्वहरुप्रति पनि उनीहरु सचेत हुन्छन् । बाल्यावस्थामा भएका बिकासले स्थायित्व पाउदै जाने र समय परिवर्तनसँगै विकासका गतिमा परिर्वतन आउन थाल्छ । व्यक्तित्व विकासका कतिपय तत्वहरु किशोराकिशोरीको नियन्त्रणभन्दा बाहिरको पनि हुन सक्छ । वातावरणमा आएको परिवर्तनले विकासका कार्यहरुमा पनि परिवर्तनहरु आउने गर्दछन् । एउटा असल शिक्षको काम भनेको केटाकेटीलाई कसरी शैक्षिक वातावरणमा समायोजन गराउने, उनीहरुमा मानसिक, सामाजिक एव्म ब्यक्तिगत विकासगर्नमा सही सल्लाह प्रदान गर्ने काम गर्नुपर्दछ । शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, नैतिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रहरुमा किशोरकिशोरीले विभिन्न समस्याहरु भोग्नुपर्ने हुन्छ । यिनै क्षेत्रमा देखापर्ने समस्याले बालबालिकाहरुमा शारीरिक र मनोबैज्ञानिक खतराहरु देखा पर्दछन् । यस्ता आइपर्ने खतराहरुको समाधानका लागि पनि अभिभावक र शिक्षकको भूमिका अनिवार्य रहन्छ । जब केटाकेटीहरुमा परिपक्वता आउँछ तब उनीहरु आफ्नो जीवनप्रति सचेत हुनुको साथै भविष्यमा हुने आथिृक पेसाप्रति र आफ्नो बैवाहिक जीवनप्रति पनि सोच्ने र जिम्मेवारी बुझ्ने हुँदैजान्छन् । किशोरहरु इज्जत, स्वतन्त्रता , सुरक्षा, अधिकार जस्ता कुराहरु भएको व्यवसायप्रति ध्यान दिन्छन् भने किशोरीहरु बढी सुरक्षित र कम समय लिने व्यवसायप्रति सोचाइ राख्दछनु् त्यस्ता कामको लागि पनि राम्रो सल्लाह पाउन जरुरी् त्यस्ता कामको लागि पनि राम्रो सल्लाह पाउन जरुरी छ । यौवनावस्था र किशोरावस्थाका केटाकेटीलाई सही बाटो हिँडाउन सहयोग पुग्ने भूमिका शिक्षक र अभिभावकबाट प्राप्त हुनुपर्दछ भने केटाकेटीहरु पनि राम्रो बाटोमा हिड्ने, राम्रोको संगत गर्ने गर्नु पर्दछ । कुनै समस्या आइपर्दा अभिभावकलाई जानकारी गराउनु पनि केटाकेटीको कर्तव्य हुनआउँछ । कुनै कामकुरामा लापर्वाही नगरी समयमा सचेत रही सबैसित सरसल्लाह लिई अगाडि बढेमा बाटो सरल र सहज हुन सक्छ । अभिभावक र शिक्षकले सहयोग गरे अनुसार नै केटाकेटी पनि आफ्नो विश्वास बनाई राख्नुपर्दछ र भविष्यको तयारीमा लाग्नु आवश्यक हुन्छ ।